२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रदेश सरकार खर्च कटौती र सुशासनको कार्ययोजना बनाएर अघि बढे्को छ : मुख्यमन्त्री बानियाँ



इन्द्रबहादुर बानियाँ/फाइल फोटो
अ+ अ-

बागमती। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सरकार खर्च कटौती र सुशासनको कार्ययोजना बनाएर अघि बढे्को बताउनुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित सञ्चारकर्मीसँगको अन्तर सम्वादमा मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले अनावश्यक प्रशासनिक खर्च घटाउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो ।

प्रदेशमा रहेका १४ मन्त्रालयलाई घटाएर मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय कायम गर्ने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री बानियाँले प्रशासनिक खर्चलाई मितव्ययी र सुशासनयुक्त प्रदेश निर्माणका लागि ७०१ जना कर्मचारी कटौती गर्ने र अनावश्यक बोर्ड, समिति र सात वटा निर्देशनालयमध्ये पाँँच वटा खारेज गर्ने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

प्रदेशको ढुकुटीबाट पैसा खर्चेर मन्त्री र कर्मचारीहरु बैदेशिक भम्रणमा जान नपाउने कडा नीति समेत प्रदेश सरकारले अवलम्बन गरेको उल्लेख गर्नुभयो ।

आगामी आर्थिक वर्षको बजेटलाई पूर्ण रुपमा नतिजामुखी र राजस्व सङ्कलनमा केन्द्रित बनाउने बताउनुहुँदै मुख्यमन्त्री बानियाँले प्रदेश सरकारले वितरणमुखी कार्यक्रम भन्दा उत्पादन र आयआर्जनलाई प्राथमिकता दिने बताउनुभयो । रासस