६ श्रावण २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीलाई गृहजिल्ला फर्किन सरकारको आग्रह राष्ट्रिय स्वाधीनताको रक्षाका लागि परिवर्तन पक्षधर शक्तिबीच सहकार्य आवश्यक छ : संयोजक दाहाल दाङमा एक वर्षमा सडक दुर्घटनामा ७२ जनाको मृत्यु दाइजो प्रथा अन्त्यका लागि मधेशबाट राष्ट्रिय अभियान सुरु गर्ने तयारी अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विषयमा मन्त्री सिता बादी र सांसद रमेश प्रसाईबीच भेटवार्ता प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय मौरी सम्मेलन सुरु



फाइल फोटो
अ+ अ-

चितवन। चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा आजदेखि अन्तर्राष्ट्रिय मौरी सम्मेलन सुरु भएको छ ।सोही विश्वविद्यालयका उपकुलपति डा शारदा थपलियाले सम्मेलनको उद्घाटन गर्नुभयो ।

उहाँले सो सम्मेलन फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले विश्वविद्यालयले शिक्षणसहित प्रविधि र प्रसारका क्षेत्रमा हरेक वर्ष विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा विश्व विद्यालयका रजिष्ट्रार पुस्करबहादुर पाल, कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेल, अन्तर्राष्ट्रिय मौरी अनुसन्धान केन्द्रका प्रा.डा. फेनी हटजिना र विश्व विद्यालयका कृषि संकायका डिन डा.अर्जुनकुमार श्रेष्ठ लगायतले अहिले मौरीपालनमा देखिएका समस्या र समाधानका विषयमा आफ्ना धारणा राखेका थिए ।

तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा नेपालसहित १९ वटा देशका ७० जना विज्ञसहित २५० जनाको सहभागिता रहेको छ ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको कृषि संकाय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषि बिभाग र नेपाल मौरीपालक महासंघको संयुक्त आयोजनामा सम्मेलन सुरु गरिएको हो । रासस