१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

ध्वनि प्रदूषण गर्ने १९ मोटरसाइकल नियन्त्रणमा



फाइल फोटो
अ+ अ-

रुपन्देही। रुपन्देहीमा ध्वनि प्रदूषण तथा सडक असुरक्षा न्यूनीकरण गर्न प्रहरीले ‘अपरेसन साइलेन्ट स्ट्रिट्स’ सञ्चालन गरेको छ । सो अपरेसनअन्तर्गत स्वरुप परिवर्तन गरिएका १९ मोटरसाइकल नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार आइतबार राति करिब १० बजेदेखि सञ्चालन गरिएको विशेष अभियानमा ठूलो आवाज निकाल्ने, जोखिमपूर्ण तवरले सवारी चलाउने तथा सार्वजनिक शान्ति भङ्ग गर्ने ती मोटरसाइकल नियन्त्रणमा लिइएको हो । प्रहरीका विभिन्न युनिटबाट खटिएको टोलीले रुपन्देहीका विभिन्न स्थानमा जाँच गरी ती सवारी साधन नियन्त्रणमा लिइएको जनाएको छ ।

“सार्वजनिक सडकलाई सुरक्षित, व्यवस्थित र शान्त बनाउन यस्तो अभियानलाई निरन्तरता दिइनेछ”, सूचना अधिकारी चन्दले भन्नुभयो, “नियन्त्रणमा लिइएका सवारी चालकमाथि सवारी तथा यातायात व्यवस्था ऐनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको छ ।” रासस