१४ श्रावण २०८३, बिहीबार
,
Latest
इराकमा इरान समर्थित लडाकु समूहमाथि अमेरिका र साउदी अरबद्वारा हवाई आक्रमण इरानमाथि कडा जवाफी कारबाही गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी अमेरिकी र साउदी हवाई आक्रमणमा मारिएका सुरक्षाकर्मीको इराकमा अन्त्येष्टि ‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रियसभाका उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा



अ+ अ-

काठमाडौँ। राष्ट्रियसभाको नवनिर्वाचित उपाध्यक्ष लीलाकुमारी भण्डारी सुदूरपश्चिम प्रदेशबाट उक्त पदमा पुग्ने पहिलो महिला हुनुहुन्छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट राष्ट्रियसभा सदस्य हुनुभएका भण्डारी सभाको आजको बैठकमा निर्विरोध रुपमा उपाध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । उक्त पदमा एक मात्र उम्मेदवारी परेकाले उहाँलाई सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्विरोध विजयी घोषणा गर्नुभएको हो । उहाँ गत माघ ११ गते सदस्यमा निर्वाचित हुनुभएको थियो । उपाध्यक्ष भण्डारीको राजनीतिक यात्रा २०४७ सालदेखि सुरु भएको हो ।

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको सरकारमा छ महिना शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री बन्नुभएका भण्डारी गेटा मेडिकल कलेज सञ्चालनको पहलकर्ताका साथै मुक्त कमलरीको अवस्था सुधारमा भूमिका निर्वाह गर्नुभएको थियो ।

कैलालीको फूलबारीस्थित चन्द्रोदय माध्यमिक विद्यालयमा अध्ययन गर्दादेखि राजनीतिमा चासो राख्नुभएकी उपाध्यक्ष भण्डारीले अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)मा सक्रिय भएर विद्यार्थीको सवालमा काम गर्नुभएको थियो ।

तत्कालीन नेकपा (माओवादी केन्द्र) बाट एमालेमा प्रवेश गर्नुभएका उहाँले एमालेको १०औँ र ११औँ महाधिवेशनबाट निर्वाचित हुँदै पोलिटब्यूरो सदस्य र कैलाली जिल्ला संयोजकको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । रासस