३१ जेष्ठ २०८३, आईतवार
,
Latest
पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह काठमाडौं महानगरले ल्यायो फोहर व्यवस्थापनलाई ७ क्लस्टरमा विभाजन गरी सर्कुलर इकोनोमी प्रवर्द्धन गर्ने योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

कम्बोडियाबाट ७ नेपालीको उद्धार



अ+ अ-

काठमाडौैं । नेपाली राजदूतावास बैंकक को पहल तथा कम्बोडिया सरकार को सहयोगमा कम्बोडियामा अलपत्र परेका ७ जना नेपाली नागरिकको उद्धार गरिएको छ।

विभिन्न व्यक्तिहरुको प्रलोभनमा परी कम्बोडिया पुगेका ती नेपालीहरुलाई अवैधरूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्र, क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न गराइएको थियो। बिना भिषा बसिरहेका उनीहरुलाई गैर आवासीय नेपाली संघ (NRNA) कम्बोडियाको सहजीकरणमा चैत्र २२ गते कम्बोडियाबाट उडाएर चैत्र २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मार्फत नेपाल फर्काइएको छ।

राजदूतावासका अनुसार, कम्बोडियामा अझै पनि केही नेपाली नागरिक अनलाइन ठगी लगायतका गैरकानुनी काममा फसिरहेको तथा भिषा अवधि नाघेर बसिरहेको जानकारी प्राप्त भएको छ। यस्तो अवस्थामा रहेका नेपालीहरुलाई तत्काल सम्पर्कमा आई स्वदेश फर्किन आग्रह गरिएको छ।

राजदूतावासले स्क्यामिङ केन्द्रमा काम गराइएकाहरुको राहदानी कम्पनीले जफत गर्ने वा हराउने समस्या समेत देखिएको जनाएको छ। यस्तो अवस्थामा नेपाल फर्किनका लागि राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमति पत्र उपलब्ध गराउने व्यवस्था रहेको पनि जनाएको छ।

कम्बोडियाको पर्यटन तथ्याङ्क अनुसार नेपालीहरुको आवागमन पछिल्ला वर्षमा तीव्र रूपमा बढ्दै गएको छ। सन् २०२१ मा १०१ जना नेपाली कम्बोडिया पुगेका थिए भने २०२५ मा यो संख्या बढेर ९,६७६ पुगेको छ।

राजदूतावासले वैदेशिक रोजगारीमा जानुअघि अनिवार्य रूपमा श्रम स्वीकृति लिन र छिटो तथा धेरै आम्दानीको लोभमा कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड जस्ता मुलुकहरूमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ। साथै, यसबारे जनचेतना फैलाउन आमसञ्चार माध्यम र नागरिक समाजलाई समेत सहयोग गर्न अनुरोध गरिएको छ।