१४ श्रावण २०८३, बिहीबार
,
Latest
‘आइपीओ रोकेर धितोपत्र बोर्डले निजी क्षेत्रमाथि अपराध गर्‍यो’: इप्पान अध्यक्ष डाँगी रोपाइँका समयमा ‘ट्रान्सफर्मर’ चोरी भएपछि किसान समस्यामा पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध पाथीभारा माता भनिने थापा प्रहरी नियन्त्रणमा यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य बाघ संरक्षणमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण सामाजिक सद्भाव कायम गर्न आग्रह विद्युत् महसुललाई समायनुकूल बनाउने प्राधिकरणको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा पाठ्यपुस्तक वितरणबारे अनुगमन सुरु



अ+ अ-

काठमाडौँ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि विद्यालय तहका पाठ्यपुस्तकको उपलब्धताबारे अनुगमन सुरु गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पाठ्यपुस्तक वितरण व्यवस्थापन अनुगमन केन्द्रीय समितिको यही चैत १९ गतेको निर्णय बमोजिम केन्द्रले अनुगमन सुरु गरेको हो ।

समितिले केन्द्रका पाठ्यक्रम तथा सामग्री शाखाका प्रमुख निमप्रकाश सिंह राठौरलगायत सम्बद्ध निकायका सम्पर्क व्यक्तिलाई आउने गुनासो र सूचना सङ्कलन गरी वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएको छ ।

प्रमुख राठौरले पाठ्यपुस्तक अभाव भएमा मानव स्रोत विकास केन्द्रलगायत पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका केन्द्रीय कार्यालयलगायत प्रादेशिक कार्यालयका जिम्मेवार व्यक्तिलाई सूचित गर्न आग्रह गरिएको जानकारी दिनुभयो ।

नयाँ शैक्षिक सत्र आगामी वैशाख १५ गतेदेखि सुरु हुँदैछ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मुद्रण गरिएका पाठ्यपुस्तक यही चैत १६ गतेदेखि बिक्री वितरण सुरु गरेको छ । रासस