२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्यालको शालीनता र व्यवस्थापकीय क्षमताबाट संसद लाभान्वित हुनेछः डा. वाग्ले



अ+ अ-

काठमाडाैँ । अर्थमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले सभामुख पदका उम्मेदवार डोलप्रसाद (डीपी) अर्यालको समर्थन गर्दै उनको अनुभव र शालीनताले संसदको गरिमा बढ्ने विश्वास व्यक्त गरेका छन् ।

संसदमा डा. वाग्लेले रास्वपाका संस्थापक नेता एवं उपसभापति अर्याललाई ‘सह–योद्धा र मित्र’ को रूपमा चित्रण गर्दै उनको उम्मेदवारीले संसदमा एउटा परिपक्व राजनीतिक र व्यवस्थापकीय अनुभव भित्रिने बताएका हुन् ।

डा. वाग्लेले अर्यालसँग कार्यपालिका र व्यवस्थापिका दुवैको अनुभव रहेको स्मरण गराए । अर्यालको व्यक्तिगत गुणको चर्चा गर्दै वाग्लेले उहाँमा उत्कृष्ट व्यवस्थापकीय क्षमता, शालीन समन्वयकारी भूमिका र मध्यमवर्गीय संघर्षबाट खारिएको उन्नत चेत रहेको बताए ।

सभामुखको मुख्य गुण तटस्थता हुनुपर्नेमा जोड दिँदै डा. वाग्लेले अर्यालले कुनै दलीय आवद्धता नराखी जिम्मेवारी निभाउनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले इतिहासका सफल सभामुखहरूको स्मरण गर्दै अर्याललाई ती मानकहरू पछ्याउन सुझाव समेत दिए ।

पूर्वसभामुख दमननाथ ढुंगानाले संसदलाई जीवन्त बनाउन खेल्नुभएको भुमिका र सुवास नेम्वाङको कानूनी विज्ञता एवं समन्वयकारी क्षमताबाट पनि नयाँ सभामुखले सिक्नुपर्ने उनले उल्लेख गरे ।

डा. वाग्लेले रास्वपाले ‘जेन–जी’ आन्दोलनको मर्म बोकेर अगाडि बढेको उल्लेख गर्दै अर्यालले आधुनिक पुस्ताका अपेक्षा र आकांक्षाहरूलाई आफ्नै शैलीमा ढालेर मौलिकता दिने विश्वास व्यक्त गरे ।