१ भाद्र २०८३, सोमबार
,
Latest
टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ ‘जनताले अनुभूति गर्ने गरी विकास गर्छौं’ : मुख्यमन्त्री भट्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा अमेरिकी रणनीतिअनुसारको ‘कठपुतली सरकार’ बन्योः मोहनविक्रम सिंह



अ+ अ-

काठमाडौँ। नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले हालै सम्पन्न निर्वाचन र त्यसपछि बनेको सरकार नेपालको राजनीतिक आवश्यकता नभई अमेरिकी रणनीतिको उपज भएको दाबी गर्नुभएको छ ।

अहिलेको निर्वाचनमार्फत नेपालमा अमेरिकी निर्देशनमा चल्ने ‘कठपुतली सरकार’ स्थापना गरिएको आरोप लगाउनुभएको हो ।

सिंहकाअनुसार कुनैपनि देशको परराष्ट्र नीति त्यहाँको सरकारको स्वरूपले निर्धारण गर्छ । नेपालमा अहिले बनेको सरकारले छिमेकी देशहरूसँगको सम्बन्धमा आघात पु¥याउने र अमेरिकी स्वार्थलाई मात्र प्राथमिकता दिने उहाँको विश्लेषण छ ।

महामन्त्री सिंहले अमेरिकी रणनीतिको मुख्य उद्देश्य नेपालको भूमि प्रयोग गरेर चीनको तिब्बतमाथि आक्रमण गर्नु रहेको आशंका व्यक्त गर्नुभयो ।

उहाँले वर्तमान सरकारका कतिपय मन्त्रीहरू खुला रूपमा ‘फ्री तिब्बत’ आन्दोलनका समर्थक रहेको उल्लेख गर्दै यसले नेपाललाई युद्धभूमि बनाउने खतरा बढेको बताउनु भयो । सिंहले पपुलिजम (लोकप्रियतावाद) लाई अन्तर्राष्ट्रिय समस्याका रूपमा चित्रण गर्दै यसले फासीवादलाई जन्म दिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘अमेरिकालाई नेपालमा यस्तो राजनीतिक शक्ति चाहिएको थियो, जसको आफ्नै कुनै राजनीतिक दिमाग छैन र अर्कैको निर्देशनमा नाङ्गो रूपमा चल्छ । हामीले युक्रेन, गाजा र इरानको स्थिति देखेका छौँ, नेपाललाई पनि त्यस्तै युद्धभूमि बनाउने योजनावद्ध प्रयास भइरहेको छ । जब जनतामा राजनीतिक विचारभन्दा भावना हावी हुन्छ, तब देशले गम्भीर क्षति व्यहोर्नुपर्छ । अहिले नेपालका युवा र विद्यार्थीहरू अमेरिकी प्रचार यन्त्रको शिकार भएका छन् ।’

सरकारले स्वतन्त्र विद्यार्थी युनियन, ट्रेड युनियन र प्रेसमाथि नियन्त्रण गर्न थालेको भन्दै उहाँले लोकतान्त्रिक अधिकारहरू खोसिएकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले अमेरिकी साम्राज्यवाद र यो गम्भीर संकटका विरुद्ध सारा देशभक्त नेपाली, वामपन्थी र प्रगतिशील शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकतामा जोड दिनभयो । –न्युज एजेन्सी नेपाल