९ असार २०८३, मंगलवार
,
Latest
संसदीय दलको बैठकमा सहभागी हुन च्यासल पुगे ओली बाली सुक्न थालेपछि हुम्लाका किसान चिन्तित मेडिकल शिक्षा अध्ययनका लागि विदेशी विद्यार्थीको कोटा बढाउने सरकारको तयारी सङ्खुवासभाकाे मादीमा आगलागी हुँदा १५ लाख बराबरको क्षति जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्षसहित तीन जना जनप्रतिनिधि दल त्यागपछि पदमुक्त हरेक रिटमा प्रधानमन्त्री कार्यालयलाई विपक्षी नबनाउन आग्रहः राज्यको स्रोत र साधनको अनावश्यक खर्च भएको ठहर कायममुकायम सीईओ नियुक्त भएको एक सातामै हिमालयन रिका मुकेश कपुरको राजीनामा गायक विधान श्रेष्ठ नौ वर्षपछि फेरि पलेँटीमा स्पेनी लगानीकर्ता र नेपाली निजी क्षेत्रबीच सहकार्य बढाउने प्रयास रास्वपाको नयाँ नेतृत्व चयन भोलि, विद्युतीय मतदानमार्फत सभापति र ९९ केन्द्रीय सदस्य छनोट हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक



अ+ अ-

काठमाडौँ।  वैदेशिक रोजगार विभागले नेपालीलाई विदेश पठाउँदा ठगी गरेको आरोप लागेकाहरूको विवरण सार्वजनिक गरेको छ ।

विभागले आज एक सूचनामार्फत पछिल्लो एक महिनामा विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका (वैदेशिक रोजगारसम्बन्धी कसुर मुद्दा)मा जाहेरी दर्ता भएकाहरूको नामावली सार्जजनिक गरेको हो ।

सार्वजनिक सूचनामा ३५२ वटा जाहेरी परेका छन् भने त्यसमा ३५२ भन्दा बढीलाई प्रतिवादी बनाइएको छ । एउटै जाहेरीमा ८१० जनासम्म प्रतिवादी रहेका विभागले जनाएको छ । विभागले गत फागुन १७ गतेदेखि यही चैत १७ गतेसम्म व्यक्तिगत रूपमा जाहेरी परेका प्रतिवादीहरूको नाम सार्वजनिक गरेको हो ।

आज पनि यात्रुलाई दु:ख दिने १३ जना पक्राउ 

काठमाडौँ प्रहरीले आज पनि यात्रुलाई विभिन्न बहानामा दुखहैरानी दिने १३ जनालाई नियन्त्रणमा लिएको छ । पछिल्लो चार दिनदेखि नेपाल प्रहरीले बिचौलियाका रूपमा सर्वसाधारण नागरिकलाई दुखहैरानी दिने व्यक्तिलाई पक्राउ गर्ने अभियान जारी राखेको छ ।

सोही क्रममा आज कलङ्की र नयाँ बसपार्कमा खटिएको प्रहरीले निजहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाडौँस्थितमा विभिन्न स्थानमा सञ्चालित टिकट काउन्टरमा काम गर्ने व्यक्तिले बस तथा सुमोका यात्रुलाई आफूहरूले भनेको सवारीसाधनमा यात्रा गर्नुपर्छ भनी झोला तथा सामान जबरजस्ती तान्ने, दुःखहैरानी दिई अभद्र व्यवहार गर्ने गरेको यात्रुको गुनासोका आधारमा पक्राउ गरिएको हो ।

सोही सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १३ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । उहाँका अनुसार प्रहरी प्रभाग नयाँ बसपार्कबाट खटिएको टोलीले नयाँ बसपार्कबाट १२ र प्रहरी वृत्त कालीमाटीबाट खटिएको टोलीले कलङ्कीस्थित सडकबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।

दुईदिन अघि काठमाडौँ प्रहरीले १६ जनालाई पक्राउ गरेको थियो । केही दिन अघि ललितपुर प्रहरीले एकान्तकुनाबाट १५ जनालाई पक्राउ गरेको थियो । त्यस्तै विभिन्न जिल्लाका विभिन्न कार्यालयबाट प्रहरीले बिचौलियाका आरोपीलाई पक्राउ पर्दै आएको छ ।   रासस