९ असार २०८३, मंगलवार
,
Latest
पक्राउ परेका विष्णु पौडेललाई म्याद थपका लागि अदालतमा पेश कीर्तिपुर होल्डिङ सेन्टर खाली गर्न ५ दिनको अल्टिमेटम, प्रत्येक परिवारलाई २५ हजार राहत दिने निर्णय शिशिर खनालद्वारा महामन्त्री पदमा उम्मेदवारी घोषणा जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन चीनमा भारी वर्षाका कारण ९ हजार भन्दा बढी बिस्थापित, विद्यालयहरू बन्द आगामी आर्थिक वर्षभित्र संघीय शिक्षा ऐन पारित गराउने गरी काम भइरहेको छः शिक्षासचिव पौडेल एमाले संसदीय दलको बैठक सुरू, समसामयिक राजनीति र भावी रणनीतिबारे छलफल हुने रास्वपा सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा आणविक निरीक्षणमा इरानको अडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जना पक्राउ



अ+ अ-

भक्तपुर। आफूलाई अनुसन्धान विभागको ‘प्रहरी हुँ’ भन्दै अपहरण गर्ने एक जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले प्रहरी हुँ भनी डर, धम्की र त्रास देखाएर अपहरण तथा शरीर बन्धन बनाएको अभियोगमा मकवानपुरगढी गाउँपालिका-३ घरभएका ५३ वर्षीय दिपक खड्कालाई काठमाडौँ महानगरपालिका-८ गौशलाबाट पक्राउ गरिएको परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिनुभयो ।

उहाँका अनुसार सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका-२ घरभई हाल सूर्यविनायक नगरपालिका-५ बस्दै आएका ४७ वर्षीय पुर्णबहादुर थापाको घरमा गएर राष्ट्रिय अनुसन्धान विभागको प्रहरी हुँ भन्दै निजलाई डर, धाकधम्की दिई अपहरण गरी होटलमा लगेर शरीर बन्धक बनाएको कसुरमा खड्कालाई पक्राउ गरिएको हो ।

पक्राउ परेका खड्कालाई आजै अपहरण तथा शरीर बन्धक कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रनाउ जवेगुले जानकारी दिनुभयो । रासस