१ भाद्र २०८३, सोमबार
,
Latest
दैलाका नाग, आस्थाका हात र जीवित संस्कार (फोटो फिचर) सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनुहँका ग्रामीण सडक धमाधम कालोपत्र हुँदै



अ+ अ-

काठमाडाैँ । तनुहँकाे आँबुखैरेनी गाउँपालिकाले आफैँ आर्थिक स्रोत जुटाएर समस्तिपुर–गिरन्चौर र हिलेखर्क–बरादी चार किलोमिटर सडक कालोपत्रसहितको स्तरोन्नति थालेको छ ।

गाउँपालिका अध्यक्ष शुक्र चुमानका अनुसार दुई चरणमा दुवै सडक कालोपत्र गरिनेछ । पहिलो चरणमा जोगिनी भञ्ज्याङदेखि वडा नं ६ को कार्यालयसम्म सडक स्तरोन्नति हुनेछ ।

यसैगरी, गिरन्चौरदेखि सार्तेसम्मको खण्डमा सङ्घीय सरकारबाट विनियोजित रु छ करोडबाट हिलेखर्क–बरादी सडक चालु आवभित्र पूर्ण रूपमा स्तरोन्नति गरिने जनाइएको छ ।