१ भाद्र २०८३, सोमबार
,
Latest
सुख्खा पहिरोले अवरुद्ध पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालनमा टर्कीमा मिनीबस दुर्घटनाः सात जनाको मृत्यु, नौ घाइते नेपथ्यको सिक्किम कन्सर्टलाई राज्यस्तरबाटै अपनत्व इजरायली हवाई आक्रमणमा दक्षिण लेबनानमा ११ जनाको मृत्यु, वार्ता प्रक्रिया बिथोल्ने प्रयास भएको लेबनानी राष्ट्रपतिको… यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य देशभर मनसुनी वायुको प्रभाव लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै श्रावण शुक्ल पञ्चमीः वासुकिनाथ, नागपोखरी र टौदहमा बिहानैदेखि भक्तजनको लाम भारतीय प्रधानसेनापति सेठलाई आज नेपालको मानार्थ महारथीको दर्जा प्रदान गरिदै बडीमालिका पूजा आजदेखि प्रारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार महिलाको निःशुल्क क्यान्सर परीक्षण



अ+ अ-

काठमाडाैँ । सञ्चार गृह र पूर्वाञ्चल क्यान्सर अस्पतालको सहकार्यमा झापाका पत्रकार महिलाको पाठेघरको मुखको निःशुल्क परीक्षण गरिएको छ ।

समयमै क्यान्सर पहिचान गर्न पत्रकार महिलाका लागि पूर्वाञ्चल क्यान्सर अस्पतालमा एक सातासम्म निःशुल्क परीक्षण र मेमोग्राफीमा विशेष सहुलियत प्रदान गरिएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताइन्।

बुधबार र बिहीबार ३० जना पत्रकार महिलाले निःशुल्क  सेवा लिएका छन् । उनले स्तन क्यान्सरको जाँचमा ५० प्रतिशत छुट उपलब्ध गराइने जानकारी दिइन् ।

पूर्वाञ्चल क्यान्सर अस्पतालकी निर्देशक डा अन्जली प्रसाईँले झापाका पत्रकार महिलाहरुको स्वास्थ्योपचारमा थप सहकार्य गर्न अस्पताल इच्छुक रहेको बताइन् । नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वास्थ्यमा सतर्कता र समयमै रोगको पहिचान गर्नसके क्यान्सर रोग पनि निको हुने बताइन् ।