५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

व्यवस्थापनको चरम लापरबाही: निगमले गर्यो ६८ करोड फजुल खर्च

व्यवस्थापनको चरम लापरबाही: निगमले गर्यो ६८ करोड फजुल खर्च
अ+ अ-

काठमाडौं । व्यवस्थापनको चरम लापरबाहीका कारण नेपाल वायुसेवा निगमले एक वर्षमा ६८ करोडभन्दा बढी फजुल खर्च गरेको पाइएको छ । सामान्य पार्टस् मर्मत गर्नुको साटो भाडामा लिने तथा अनावश्यक रुपमा विदेशी पाइलट भर्ती गरेर निगमले एक वर्षमा सो रकम फजुल खर्च गरेको हो । एक महिनाअगाडि मात्रै निगमको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यकारी अध्यक्ष मदन खरेलले खर्च कटौतीमार्फत एक वर्षमा २ अर्ब बचाउने घोषणा गरेका थिए ।

एपियू मर्मत नगर्दा ३४ करोड स्वाहानेपाल वायुसेवा निगमको एयरबस ३२०–२०० सिरिजका दुई जहाजको इन्जिन स्टार्ट गर्ने मेसिन एक्ज्युलरी पावर युनिट (एपियू) मर्मत नगर्दा मात्रै ३४ करोड रुपैयाँ फजुल खर्च भइसकेको छ । निगमको न्यारोवडी एयरबस ३२० ‘लुम्बिनी’ र ‘सगरमाथा’मा एपियू मर्मत नगरी भाडामा प्रयोग भइरहेको छ । लुम्बिनी जहाजको एपियू गत माघ २६ गते र सगरमाथाको एपियू जेठ १५ देखि बिग्रिएको छ । एपियू, जहाजको मुख्य इन्जिन स्टार्ट गर्ने र इन्जिन स्टार्ट हुनुअघि जहाजमा एयर कन्डिसनिङ लगायत अन्य विद्युतीय उपकरण सञ्चालन गर्ने मेसिन हो ।

यी उपकरण भाडामा लिएर लुम्बिनी जहाज १ सय ८२ पटक र सगरमाथा जहाजमा १ सय १८ पटकसम्म प्रयोग भएको छ । भाडामा लिएर एपियू र जिपियू प्रयोग गर्दा लुम्बिनी जहाजमा मात्रै हालसम्म १५ करोड ६९ लाख ६० हजार रुपैयाँ बढी खर्च भएको छ । त्यस्तै, सगरमाथामा १२ करोड ६१ लाख रुपैयाँ बढी खर्च भएको छ । तर, सो मेसिन ५० लाख रुपैयाँ खर्च गरेर १५ दिनमै बनाउन सकिने निगम स्रोतको भनाइ छ । त्यस्तै, नयाँ खरिद गर्दा पनि ४ करोडमा अन्तर्राष्ट्रिय बजारमा यो मेसिन सहजै पाइन्छ । ८ करोड खर्चेर नयाँ मेसिन नै आउने भए पनि कमिसनको लोभमा निगम व्यवस्थापनले दुई थान एपियू भाडामा प्रयोग गरिरहेको हो ।

निगमले हाल भाडामा लिएको एपियूको दैनिक ७ सय ५० डलर र एक घन्टाको ७९ डलर तिर्नुपर्छ । त्यस्तै, जिपियू प्रयोग गरेबापत एकपटकको १ हजार ८ सय डलर तिर्नुपर्छ । लुम्बिनी जहाजमा १ सय ८२ पटक जिपियू प्रयोग गर्दा हालसम्म १५ करोड ६९ लाख ६० हजार रुपैयाँ खर्च भइसकेको छ । त्यस्तै, सगरमाथा जहाजमा १ सय ७४ दिन एपियू प्रयोग गरेर १ करोड ४८ लाख खर्च गरिएको छ । सोही जहाजमा १ सय १८ दिन जिपियू प्रयोग गरेबापत ९ करोड ६७ लाख ८६ हजार रुपैयाँ र एपियूको प्रतिघन्टाका दरले ७८ लाख ७३ हजार रुपैयाँ खर्च गरिएको छ । यसरी सगरमाथामा कुल १२ करोड ६१ लाख ५४ हजार रुपैयाँ खर्च गरिएको छ ।

तेलमै सवा ५ करोड फजुल खर्च: जिपियूबाट इन्जिन स्टार्ट गर्दा एपियूभन्दा १० मिनेट पहिले नै सञ्चालन गर्नुपर्छ । जसले गर्दा एक उडानमा ४ सय केजी तेल बढी खर्च हुन्छ । यसरी एक दिनमा दुईपटक उडान भर्दा जहाजमा १६ सय केजी तेल बढी खर्च हुन्छ । यसलाई मूल्यांकन गर्दा तेलमा मात्रै दैनिक १ लाख ७६ हजार फजुल खर्च हुँदै आएको छ । लुम्बिनी जहाजमा १ सय ८२ पटक उडान गर्दा ३ करोड २० लाख ३२ हजार रुपैयाँ तेलमा फजुल खर्च गरिएको छ ।

त्यस्तै, सगरमाथामा १ सय १८ पटक उडान भर्दा २ करोड ७ लाखबराबरको तेलमा फजुल खर्च भएको छ । तर, ५ करोडभन्दा बढी फजुल खर्चलाई बेवास्ता गर्दै प्रवक्ता गणेशबहादुर चन्द भन्छन्, ‘विभिन्न झन्झटिलो व्यवस्थाका कारणले समयमा एपियू मर्मत हुन सकेको छैन, निकट भविष्यमा नै गर्छौं ।’ निगमले गत भदौमा एपियू मर्मतका लागि ४५ दिने सूचना निकालेको थियो । टेन्डर निकालेको चार महिनासम्ममा पनि कुनै कम्पनी छनोट भएको छैन ।

नेपाली पाइलटलाई स्तरोन्नति नगरी विदेशी पाइलटमै ३२ करोड खर्च: गत वर्ष खरिद गरिएका दुई थान वाइडबडी उडाउन विदेशी पाइलट भर्ना गर्दा निगममाथि करोडौँको भार थुप्रेको छ । नेपाली र विदेशी पाइलटको तलब अन्तरकै कारण निगमको खर्च तेब्बर बढेको छ । एयरबस ३३०–२०० सिरिजका दुई थान वाइडबडीका लागि १६ जना क्याप्नेट भए पुग्छ । तर, अहिले १३ जना विदेशी पाइलट भर्ना गरिएको छ । निगमसँग अहिले नेपाली ४ जना क्याप्टेन र १५ जना कोपाइलट छन् ।

यी कोपाइलटमध्ये ४ जनालाई ८ हजार डलर खर्च गरेर एक हप्ताको तालिम दिन सकिएमा तत्काल क्याप्टेनको जिम्मेवारी दिन सकिन्छ । त्यस्तै, दुई थान ३२० न्यारोबडी सिरिजका जहाजमा २१ जना नेपाली क्याप्टेन छन् । यसका लागि १४ जना क्याप्टेन भए पुग्छ । त्यहाँबाट पनि ७ जना नेपाली क्याप्टेनलाई एक साताको तालिम दिन सकिएमा वाइडबडी उडाउन सक्छन् । तर, खर्च कटौतीको सामान्य उपाय हुँदा पनि निगम व्यवस्थान भने धमाधम विदेशी पाइलट भर्ना गर्नमा केन्द्रित छ । निगमले समयमै तालिम दिएको भए एक वर्षअगाडि नै ३३० जहाजका लागि १५ जना नेपाली क्याप्टेन तयार भइसक्थे ।

किन बिदेसी पाइलटलाई प्राथमिकता रु भन्ने नयाँ प्रत्रिकाको प्रश्नमा प्रवक्ता निगमका गणेशबहादुर चन्दले भने, ‘अहिले जापान र चीनमा थप उडान गर्न लागिरहेका छौँ, सोही कारण पाइलट थप्नुपरेको हो ।’ गत महिना दुईजना विदेशी पाइलट ल्याएको निगमले पुनः अघिल्लो साता दुईजना थपेर १३ जना पुर्याएको छ । उनले एयरबस ३२०का लागि पाइलट चाहिने भएकाले ३३०मा माग नगरिएको बताए । १४ जना क्याप्टेन भए पुग्ने दुई ३२० जहाजका लागि निगमसँग अहिले नै २१ जना नेपाली क्याप्टेन छन् ।

यस्तो छ नेपाली र विदेशी क्याप्टेनको कमाइ अन्तर: नेपाली क्याप्टेनले एक महिनामा ७५ घन्टा उडान गरेबापत २ लाख ५० हजार पाउँछन् । त्यस्तै, सय घन्टासम्म उडान गरेबापत ३ लाख २० हजार पाउँछन् । तर, विदेशी पाइलटले भने ६ हप्ता काम गर्दा ८ हप्ताको तलब पाउँछन् । त्यस्तै, मासिक ५० घन्टा उडान गर्ने विदेशी पाइलटले २३ लाख नेपाली रुपैयाँ पाउँछन् । एक वर्षअघि नै नेपाली क्याप्टेन तयार गरेको भए ११ जना विदेशी क्याप्टेनको आवश्यकता पर्दैनथ्यो । यसरी निगम व्यवस्थापनले कमिसनको लोभमा परेर बिदेसीको तलब सुविधाबाट मात्रै निगमलाई मासिक २ करोड ५३ लाख घाटामा पारेको छ ।

निगमले एक वर्षमा बिदेसी पाइलटबाट मात्रै ३० करोड २६ लाखभन्दा बढी अनावश्यक खर्च गरेको छ । ग्राउन्डेड गरी बेच्न लागेको बोइङलाई विनाकाम एक वर्षसम्म पाइलट, फजुलमा तीन करोड खर्च हाल बिक्री गर्न लागिएको बोइङ ७५७ गण्डकी जहाजका ५ क्याप्टेन ६ जना कोपाइलट एकवर्षदेखि तलब मात्रै खाएर बसेका छन् । निगम व्यवस्थापनले ती पाइलटलाई एयरबसको पाइलट बनाउनुको सट्टा बिदेसी भर्ना गरेर बस्दा उनीहरूमाथि तीन करोड रुपैयाँभन्दा बढी फजुल खर्च गरिएको छ । नयाँ पत्रिका दैनिकबाट