८ भाद्र २०८३, सोमबार
,
Latest
हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, अर्का घाइते कैलाली–कञ्चनपुर पुगेर मन्त्री रावलको आग्रह : लालपुर्जा वितरणको काम तीव्रता दिनुस् पद्मा अर्यालको आरोप– ‘सरकार नागरिकका समस्या समाधानभन्दा प्रतिपक्षको विरोधमा केन्द्रित’ नेपाली काँग्रेसको आयोजनामा भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन हुने भ्रष्टाचारी र बलात्कारीलाई ‘अन दि स्पट’ गोली ठोक्ने कानून लागू गरौँः खगेन्द्र सुनार
तपाईं के खोज्दै हुनुहुन्छ ?

 जेन–जी आन्दोलन घटनाको प्रतिवेदन अध्ययन गर्न कांग्रेसले गर्‍यो यदुनाथ खनाल संयोजकत्वमा समिति गठन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसले संवत् २०८२ भाद्र २३ र २४ गते ‘जेन–जी आन्दोलन’का क्रममा भएको घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल सरकारसमक्ष पेश गरेको प्रतिवेदन अध्ययन गरी राय–सुझावसहितको प्रतिवेदन तयार गर्न अध्ययन समिति गठन गरेको छ । वरिष्ठ अधिवक्ता यदुनाथ खनालको संयोजकत्वमा गठित उक्त समितिलाई सात दिनभित्र केन्द्रीय कार्यालयमा प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।

समितिमा पूर्व न्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ता विनोद कार्की, अधिवक्ता रामचन्द्र गौतम (आर.सी.) र युवा अभियन्ता यजश्वी राई सदस्यका रूपमा रहेका छन् ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जारी गरेको जानकारीअनुसार जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको आयोगले सरकारसमक्ष बुझाएको प्रतिवेदनको विस्तृत अध्ययन गरी आवश्यक राय, सल्लाह र सुझावसहितको प्रतिवेदन तयार गर्न समिति गठन गरिएको हो ।

समितिले तोकिएको समयभित्र आन्तरिक अध्ययन पूरा गरी पार्टीलाई औपचारिक प्रतिवेदन बुझाउनेछ ।