१३ भाद्र २०८३, शनिबार
,
Latest
रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचथरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु



अ+ अ-

काठमाडाैँ । पाँचथरमा पिकअप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । यहाँको हिलिहाङ गाउँपालिका–५ स्थित बञ्चरेडाँडामा मे१च ६०२९ नम्बरको पिकअप दुर्घटना हुँदा पिकअप धनी हिलिहाङ–५ का आभास माबोको मृत्यु भएको हो ।

मेची राजमार्गको डोपकिलेबाट अम्रिसोको कुचो लिई सुभाङतर्फ गइरहेको पिअकप आज दिउँसो २ः२० बजे घुम्तीमा अनियन्त्रित भई सडकबाट करिब ६० मिटर तल झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका २४ वर्षीय माबोलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम ल्याइएकामा चिकित्सकले मृत घोषित गरेका हुन् ।

दुर्घटनामा सोही स्थानका सन्दीप उभरकोटी र पिकअप चालक झापा बुद्धशान्ति गाउँपालिका–६ का कृष्णबहादुर बराइली घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए।