४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

 निष्पक्ष भूमिकामा रहने महावीर पुनको घोषणा, शिक्षा सुधारका विधेयक अघि बढाउन सरकारलाई सुझाव

 निष्पक्ष भूमिकामा रहने महावीर पुनको घोषणा, शिक्षा सुधारका विधेयक अघि बढाउन सरकारलाई सुझाव
महाबिर पुन
अ+ अ-

काठमाडाैँ । स्वतन्त्र सांसद महावीर पुन ले प्रतिनिधिसभामा आफ्नो भूमिका सत्तापक्ष र प्रतिपक्षभन्दा माथि उठेर निष्पक्ष रहने बताउनुभएको छ।

बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै पुनले आफू परम्परागत राजनीतिज्ञ नभई समाजसेवीका रूपमा संसदमा आएको उल्लेख गर्नुभयो। “म एउटा फरक प्रकारको सांसदको रूपमा यहाँ आएको छु,” उहाँले भन्नुभयो, “बोल्ने शैली, काम गर्ने तरिका र सोचाइ सबैमा म अरुभन्दा फरक छु।”

उहाँले आफू कहिल्यै सांसद बन्ने कल्पना नगरेको तर परिस्थितिले यहाँसम्म ल्याएको बताउनुभयो। अमेरिका अध्ययनपछि २०४९ सालदेखि नेपालमै रहेर झोला बोकेर पूर्णकालीन समाजसेवामा संलग्न रहँदै आएको स्मरण गर्दै उहाँले आफू राजनीतिभन्दा समाजसेवामा केन्द्रित व्यक्ति भएको स्पष्ट पार्नुभयो।

पुनले भदौ २३ र २४ गतेको ‘जेन–जी आन्दोलन’पछि अप्रत्याशित रूपमा शिक्षामन्त्री बन्ने अवसर पाएको अनुभव पनि साझा गर्नुभयो। “किताब बेचिरहेको मान्छे मन्त्री बनेँ,” उहाँले भन्नुभयो, “त्यसपछि शिक्षा क्षेत्रमा गहिरिएका समस्या, चरम राजनीतिकरण र विकृति नजिकबाट देख्ने मौका पाएँ।”

शिक्षामन्त्रीको जिम्मेवारी सम्हालेपछि शिक्षा क्षेत्र सुधारका लागि आफूले तीनवटा विधेयकको मस्यौदा र चारवटा नियमावली तयार पारेको जानकारी दिँदै उहाँले विद्यालय, कलेज र विश्वविद्यालयमा शैक्षिक वातावरण सुधार गर्ने उद्देश्य रहेको बताउनुभयो। ती प्रस्तावहरू तत्कालीन सरकारले अध्यादेशमार्फत ल्याउन नसक्दा रोकिएको र आफूले प्रधानमन्त्री कार्यालयमा बुझाएको पनि उहाँले उल्लेख गर्नुभयो।

उहाँले सरकारलाई शिक्षा सुधारका लागि आफूले तयार पारेका विधेयक र नियमावली अघि बढाउन सुझाव दिँदै संसदमा आफ्नो भूमिका निष्पक्ष र सुधारमुखी रहने दोहोर्‍याउनुभयो।