४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक हुँदै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर स्वदेश फिर्ता News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आज अमेरिका जाँदै News Polar नेपालले भदौमा बिजुली बेचेर कमायो ५ अर्बभन्दा बढी रुपैयाँ News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली

आजदेखि भृकुटिमण्डपमा तेस्रो ‘नेशनल हर्टिकल्चर एक्स्पो–२०८२’ सुरू

आजदेखि भृकुटिमण्डपमा तेस्रो ‘नेशनल हर्टिकल्चर एक्स्पो–२०८२’ सुरू
अ+ अ-

काठमाडाैँ । काठमाडाैँकाे भृकुटिमण्डपमा आजदेखि तेस्रो ‘नेशनल हर्टिकल्चर एक्स्पो–२०८२’ सुरु भएको छ । नर्सरी व्यवसायको प्रवर्द्धन, कृषि उद्यमशीलताको विकास तथा रोजगारी सिर्जना गर्ने उद्देश्यसहित ‘एक्स्पो’ आयोजना गरिएको हो । नर्सरी व्यवसायी सङ्घ नेपालको आयोजनामा सुरु भएको मेला पाँच दिनसम्म सञ्चालन हुनेछ । मेलाले स्वदेशी उत्पादनको प्रवद्र्धन र बजार विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।

मेलाको उद्घाटन गर्दै बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री मधुसुदन पौडेलले पुष्प व्यवसायमा युवालाई आकर्षित गर्न लक्षित कार्यक्रमलाई प्राथमिकता दिइने बताए ।उनले मल, बीउ, तालिमको अभाव तथा नर्सरी व्यवसाय सञ्चालनका लागि पर्याप्त जग्गा नहुँदा व्यवसायी समस्या भोग्नुपरेको उल्लेख गरे। “यी समस्या समाधानका लागि हामीले केन्द्रीय सरकारको ध्यानाकर्षण गराएका छौँ”, मन्त्री पौडेलले भने, “तीनै तहका सरकारबीच समन्वय र सहकार्य भएमा यस्ता चुनौती समाधान गर्न सकिन्छ ।”

सङ्घका अध्यक्ष रामजीप्रसाद तिमल्सेनाले नर्सरी व्यवसायलाई देशव्यापी रूपमा विस्तार गर्नुपर्नेमा जोड दिँदै यसको सम्भावनाको अध्ययन र प्रवर्द्धनका लागि आवश्यक बजेट व्यवस्था गर्न सरकारसँग आग्रह गरे । उनका अनुसार मेलामा देशभरका सात सयभन्दा बढी प्रजातिका बिरुवाहरू–फूल, फलफूल, कृषि वन तथा जडीबुटी नर्सरीका उत्पादन–प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । सङ्घका मेला संयोजक रविनकुमार गौतमले नर्सरी क्षेत्रको वर्तमान अवस्थाबारे प्रस्तुत गरिएको तथ्याङ्कअनुसार देशभर तीन हजारभन्दा बढी नर्सरी व्यवसाय सञ्चालनमा रहेको जानकारी दिए।

“यस क्षेत्रमा रु ११ अर्बभन्दा बढी लगानी रहेको छ । वार्षिक रु छ अर्बभन्दा बढी कारोबार हुने गरेको छ”, उनले भने, “प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा करिब एक लाख २० हजारले रोजगारी पाएका छन् ।”

मेलाको सह–आयोजकमा पुष्प विकास केन्द्र, वनस्पती विभाग, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, कृषि विभाग, पुल्चोक, राष्ट्रिय फलफूल विकास केन्द्र किर्तिपुर, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय बागमती प्रदेश रहेका छन् । मेलाको सहयोगीमा एजिए एग्रो, कुमारी फ्लोरा फार्म, गौतम नर्सरी, फ्लोरिकल्चर सहकारि संस्था र ग्रिस्मा नर्सरी साथै मेलास्थल सजावटको लागि उदय गार्डेन सेन्टर प्रालि र एभरेष्ट फ्लोरिकल्चर एण्ड भेजिटेबल फार्म रहेका छन् ।