१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

स्याल कराउने डाँडामा पर्यटक

स्याल कराउने डाँडामा पर्यटक
अ अ+ अ-

मंगलबारे । बुटवलकी सम्झना घिमिरे सूर्य उदाएको र अस्ताएको हेर्न कै लागि इलामको अन्तु आउनु भयो टोली नै बनाएर । उहाँलाई इलामको चियाबारी, हरियाली वन जता हेरे पनि रमाइलो र राम्रो लाग्यो । इलाम रमणीय छ भनेर सुनेको कुरा उहाँले हेरेरै अनुभव गर्नुभयो ।

उहाँले भन्नुभयो – “धेरै नै राम्रो लाग्यो । जति सोचेको थिएँ, त्यो भन्दा पनि ज्यादा राम्रो लाग्यो ।” बुटवलबाट मात्र हैन देशभित्र र विदेशका हरेक कुनाबाट यहाँ झुल्किने घामको दृश्य हेर्न पर्यटक आउने गरेका छन् । झुल्केघाम हेर्न पर्यटक श्रीअन्तुमा नै आएर बस्नु पर्ने हुन्छ । मानिस यहीँ नै बस्ने भएकाले श्रीअन्तुमा ५० भन्दा बढी होमस्टे सञ्चालनमा छन् । होमस्टे मात्र हैन राम्रा र सुविधासम्पन्न होटलहरुसमेत यहाँ खुल्न थालेका छन् जहाँ करोडौंको लगानी छ । विशेष गरेर झापाका पर्यटन वयवसायीहरु श्रीअन्तुमा पुगेर होटल र पर्यटन क्षेत्रमा लगानी गर्न थालेका छन् ।

एक स्थानीयवासीले भने – “पहिला पहिला यहाँ स्याल मात्र कराउँथे तर, हिजोआज दैनिकजसो जग्गा सोध्ने मान्छे आउन थालेका छन् ।” हिजोका दिनमा कम मूल्य पर्ने जग्गाको भाउ पनि आकाशिएको छ । बाहिरबाट आउने मानिसहरुले जग्गामा लगानी गरेर होटल खोल्न थालेपछि अहिले यहाँ रोपनीमा किनबेच हुने जग्गा पनि आनाको भाउमा बिक्न थालेको उनले बताए । स्याल कराउने डाँडामा अहिले थाम्नै नसक्ने गरी मान्छे आएको देख्दा स्थानीयवासी छक्क छन् ।
हुन त श्रीअन्तुमा अहिले पनि प्रशस्तै स्याल पाइन्छ । बेलुका सुत्दा पनि प्रशस्तै मात्रामा स्याल कराएको सुनिन्छ । यहाँका स्थानीय बासिन्दाले स्यालको रक्सी बनाएर बेच्ने गरेका छन् । मिठो बोली बोल्ने यहाँका पर्यटन व्यवसायीले यसलाई रक्सी नभनी ‘ज्याकल वाइन’ भन्ने गरेका छन् । बाथ रोगीहरुले स्यालको मासु खोजीखोजी खाने गरेकाले पनि स्यालको रक्सी मज्जाले बिक्ने गरेको उनीहरुको भनाइ छ । पर्यटकहरुले कोशेलीकै रुपमा स्यालको रक्सी यहाँबाट लैजाने गरेका छन् ।
पर्यटक तान्ने इलाममा धेरै गन्तब्यहरु छन् तर, श्रीअन्तुले जति पर्यटक अन्य पर्यटकीय गन्तब्यले तान्न सकेका छैनन् । यहाँ धेरै पर्यटक ओइरिनाका कारण तराईसँग नजीक हुनु हो । अर्कातर्फ यहाँ जाने सडक पक्की भएर पनि हो । जिल्लाका ग्रामीण क्षेत्रमा रहेका अधिकाँश पर्यटकीय स्थलमा जाने सडकहरु कच्ची नै छन् । सूर्योदयको दृश्य मात्र हेर्दा अपूरो जस्तो लाग्ने भएपछि यहाँ सूर्यास्तको दृश्य हेर्ने पर्यटकहरु पनि उत्तिकै पुग्ने गरेका छन् । सूर्यास्तको दृश्य हेर्न बेलुका नै पर्यटकहरु श्रीअन्तु पुग्ने गरेका छन् । मोरङको विराटनगरबाट श्रीअन्तु पुग्नुभएका श्याम खतिवडा विगत वर्षहरुमा पनि सूर्योदय हेर्न आउनु भएको थियो तर, सूर्यास्त हेर्न नपाएर उहाँलाई खल्लो महशुस भएको रहेछ । “एक दिन यहाँ आएर बस्नै पर्छ बरु अलिक बेलैमा आइयो भने सूर्यास्त र सूर्योदयकै दृश्य हेन पाइन्छ,” उहाँले भन्नुभयो । उहाँ पनि यस पटक परिवार र साथीसङ्गीको टोली नै लिएर श्रीअन्तु आउनु भएको हो ।
यहाँ रहेको अन्तुडाँडा सामुदायिक होमस्टेमा रहेका ४३ वटा होमस्टेको दर्ता छ भने अन्य १३ वटा दर्ताको प्रक्रियामा छन् । अन्तुडाँडा सामुदायिक होमस्टेका अध्यक्ष धरकुमार आलेका अनुसार होमस्टेमा मात्र दैनिक एक हजारदेखि एक हजार ५०० सम्म पर्यटक बास बस्न आउने गरेका छन् । शुक्रबार भने यो सङ्ख्या तीन हजारभन्दा बढी पुग्छ ।
जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्य मानिने इलामको सूर्योदय नगरपालिकाभित्रका पर्यटकीय गन्तब्यहरुको प्रवद्र्धन गर्न सूर्योदय महोत्सव समेत गरिएको छ । सूर्योदय नगरपालिकाको आयोजनामा मङ्सिर १४–१८ मा महोत्सव भएको हो । प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरिएको यस नगरपालिकाका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि महोत्सव सञ्चालन गरिएको र महोत्सव फलदायी भएको नगरपालिकाका प्रमुख रणबहादुर राईले बताउनुभयो । कृषि, पर्या पर्यटन, प्राकृतिक स्रोतसहित चियाखेतीलाई विशेष जोड दिएर महोत्सव आयोजना गरिएको महोत्सव आयोजना मूल समारोह समितिका संयोजक तथा उपप्रमुख दुर्गादेवी भट्टराईले बताउनुभयो ।
पाँच दिनसम्म अलग अलग स्थानमा अलग अलग कार्यक्रम कार्यक्रम गरेर महोत्सव सम्पन्न गरिएको थियो । भ्रमण वर्ष २०२० लाई लक्ष्य गरेर आयोजना गरिएको यस महोत्सवमा आन्तरिक पर्यटक सँगसँगै भारतीय पर्यटकको आगमन हुने अपेक्षा राखिएको थियो ।