९ असार २०८३, मंगलवार
,
Latest
रेविज खोप अभाव नभएको स्वास्थ्य मन्त्रालयको स्पष्टोक्ति भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरोपियन युनियन लगायत, दश देशद्वारा लेबनानमा युनिफिलको सुरक्षाका लागि आह्वान



अ+ अ-

काठमाडाैँ । युरोपेली युनियन (इयु) लगायत अन्य दश वटा देशहरूले संयुक्त विज्ञप्ति जारी गर्दै लेबनानमा संयुक्त राष्ट्रको अन्तरिम बल (युनिफिल) को सुरक्षा सुनिश्चित गर्न आह्वान गरेका छन् । यस अघि भएको आक्रमणमा युनिफिलका तीन जना शान्तिरक्षकहरूको मृत्यु भएको थियो ।

बेल्जियम, साइप्रस, क्रोएसिया, फ्रान्स, ग्रिस, इटाली, माल्टा, नेदरल्यान्ड्स, पोर्चुगलका विदेश मन्त्रीहरू र युरोपेली युनियनका उच्च प्रतिनिधिले हरेक परिस्थितिमा युनिफिलका कर्मचारी र सुविधाहरूको सुरक्षा सुनिश्चित गर्न माग गरेका छन् । विज्ञप्तिमा उनीहरुले सम्बन्धित पक्षहरूलाई सबै परिस्थितिमा युनिफिलका कर्मचारी र परिसरको सुरक्षा सुनिश्चित गर्न आग्रह गरेका छन् ।

उनीहरूले युनिफिल मिसनका लागि आफ्नो अटुट समर्थनको पुष्टि गर्दै अस्वभाविक आक्रमणको निन्दासमेत गरेका छन् । मन्त्रीहरूले इजरायललाई द्वन्द्वको थप वृद्धि हुनबाट जोगिन पनि आह्वान गरेका छन् भने लेबनानको क्षेत्रमा स्थलगत कारबाहीको अन्य हुनु पर्ने जनाएको छन् । लेबनानमा शान्ति सैनिकको हत्या भए पछि संयुक्त राष्ट्रसङघीय सुरक्षा परिषद्ले मङ्गलबार आपतकालीन बैठक आयोजना गरेको थियो ।