२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेल र सिटौला समूहद्वारा केन्द्रीय समिति बैठक बहिस्कार



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकका एजेन्डामाथि सहमति नभएपछि रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहले बैठक बहिष्कार गरेको छ।

बैठक बहिष्कार गर्ने असन्तुष्ट पक्षको चेतावनीलाई बेवास्ता गर्दै सभापति शेरबहादुर देउवाले बैठक सुरु गर्न निर्देशन दिएपछि अपरान्ह साढे चार बजे बैठक सुरु भएको हो। बैठकमा सभापति देउवा, उपसभापति विमलेन्द्र निधि, महामन्‍त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मालगायत देउवा पक्षीय सदस्यहरु सहभागी थिए ।

बैठक सुरु हुनुअघि नै निर्वाचित महामन्‍त्री सशांक कोइराला निवासतिर लागेका छन्। महामन्‍त्री कोइराला पनि देउवाको प्रस्तावमा सहमत छैनन्। बहिष्कार गरेर अलग्गै कक्षमा बस्‍ने टोलीमा प्रकाशमान सिंह, डा रामशरण महत, शेखर कोइरालालगायत छन्।

बिहीबार १ बजे बस्‍ने भनिएको बैठक एजेन्डामा सहमति नहुँदा ढिलो भएको हो।केन्द्रीय समितिको बैठकअघि एजेन्डामाथि छलफल गर्न सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका पदाधिकारीको बैठक सानेपा पार्टी कार्यलयमा बसे पनि कुनै सहमति जुट्न सकेन।