१० श्रावण २०८३, आईतवार
,
Latest
नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी इरान अमेरिकासँगको वार्तामा थप गम्भीर देखिएको छः राष्ट्रपति ट्रम्प पूर्वी इण्डोनेसियामा बेपत्ता स्पिडबोटमा सवार ११ युरोपेली पर्यटकको सकुशल उद्धार भारतको हिमाञ्चल प्रदेशमा गुडिरहेको सवारी साधनमा ढुङ्गा खस्दा १३ जनाको मृत्यु यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य राप्ती शान्ति उद्यानमा प्रत्येक शनिबार निःशुल्क आँखा जाँच सेवा बाढीपहिरो र कटानका कारण विभिन्न राजमार्ग प्रभावित भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ काँकडभिट्टा–लौकही सडक विस्तारले गति लियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजदेखि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा सपना प्रधान मल्ल



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि कायम मुकायम (कामु) प्रधानन्यायाधीश को जिम्मेवारी सम्हाल्ने हुनेछ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत उमेर हदका कारण सेवा निवृत्त भएसँगै आजदेखि वरिष्ठतम न्यायाधीश मल्लले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्ने लाग्नु भएको हो ।

भावी प्रधान न्यायाधीशका लागि न्याय परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश मल्लसहित न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको छ ।

रोलक्रम अनुसार नै प्रधान न्यायाधीश नियुक्त भएमा मल्ल प्रधान न्यायाधीश बन्नुहुने छ । अहिलेकै उमेरहदको व्यवस्था कायमै रहेमा मल्लको कार्यकाल २०८५ कात्तिक ९ गतेसम्म कायम रहने छ ।