• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिनुहुन्छ : मन्त्री बास्कोटा



काठमाडौं । सरकारका प्रवक्ता तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले पार्टीले भनेपछि उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने बताएका छन् ।

तुम्बाहाम्फेले आफु सभामुख हुने भएपछि मात्र राजीनामा दिने भनेर बताइरहेका बेला नेकपा नेतासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटाले पार्टीले दिएको जिम्मेवारीमा रहेकाहरुले पार्टीले भनेपछि राजिनामा दिनुपर्ने बताए ।

सञ्चार मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले अहिलेसम्म उपसभामुखले राजीनामा दिन्छु वा दिन्न नभनेको र पार्टीले पनि निर्णय नगरेको बताए । पार्टीले विभिन्न जिम्मेवारीमा पठाएकाहरुले पार्टीले भनेपछि राजीनामा दिनुपर्ने उनको भनाइ छ ।

मन्त्री बास्कोटाले भने ‘सभामुख, उपसभामुख, मुख्यमन्त्री, मन्त्री सबैलाई पार्टीले त्यो जिम्मेवारीमा पठाएको हो । पार्टीले फिर्ता हुनु भनेपछि हामी सबैले मान्नुपर्छ । जहाँसम्म उपसभामुखको कुरा छ उहाँले दिन्छु दिन्न भन्नुभएको छैन । पार्टीले निर्णय गरेपछि उहाँले मानिहाल्नुहुन्छ ।’