२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक विधेयक सर्वसम्मतिले पारित



फाइल फोटो
अ+ अ-

विराटनगर। कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ ।

बैठकमा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले विधेयक पारित गरियोस् भनी प्रस्ताव गर्नुभएको थियो । सभामुख सिर्जना दनुवारले उक्त प्रस्ताव निर्णयार्थ पेस गर्नु भएपछि सर्वसम्मतले पारित गरिएको हो ।

यसअघि कोशी प्रदेशसभा सदस्य रेवतीरमण भण्डारीले विधेयक संशोधनमा पाँच बुँदामा प्रस्ताव राख्नुभएको थियो । मन्त्री पराजुली उक्त प्रस्ताव स्वीकार गर्नु भएपछि प्रस्तावक भण्डारीले उक्त प्रस्ताव फिर्ता लिनुभएको थियो ।

आजै सामाजिक विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धमा मन्त्री रामप्रसाद मेहताले जवाफ दिनुभयो । उहाँले भाषा आयोगबाट सिफारिस भई आएको मैथिली र लिम्बू भाषा सरकारी कामकाजको भाषा बनाउन बनाइएको विधेयक विषयगत समितिमा छलफल भइरहेको जानकारी दिनुभयो ।

सभासभा सदस्य खिनु लङ्वा लिम्बूले राखेको जिज्ञासामा मन्त्री मेहताले आगामी बजेट अधिवेशनमा दलित सशक्तीकरण विधेयक पनि पेस गरिने बताउनुभयो ।

आजकै बैठकमा सुशासन तथा योजना समितिका सभापति खगेश्वरी पौडेलले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पेस गर्नुभयो ।

शून्य समय

शून्य समयमा कोशी प्रदेशसभा सदस्य सपना दर्जी, सिर्जना राई, मीना श्रेष्ठ, राधाकृष्ण खनाल, निरन राई र तारादेवी ढकालले समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको थियो । सभाको अर्को बैठक बुधबार अपराह्न १ः०० बजे बस्नेछ । रासस