१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर

‘काँग्रेसमा ए टु जेड सबै खुइलिएका छन्, दम्भ त्यागेर एकताको बाटो रोजौँ’: वीरबहादुर बलायर
अ अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले पार्टीभित्रको आन्तरिक कलह र गुटबन्दीले समग्र पार्टी नै कमजोर बनेको भन्दै नेतृत्वलाई दम्भ त्यागेर एकताको बाटो रोज्न आग्रह गर्नुभएको छ ।

पार्टीभित्र पछिल्लो समय देखिएका असन्तुष्टि र समूहगत गतिविधिहरूलाई लिएर संस्थापन पक्षले ‘कारबाहीको डन्डा’ चलाउने तयारी गरिरहेको चर्चाका बीच बलायरले यस्तो प्रतिक्रिया दिनुभएको हो ।

उहाँले पार्टीभित्र भइरहेका गतिविधिहरूलाई ‘समानान्तर’ भन्न नमिल्ने तर्क गर्दै यसलाई काँग्रेसप्रतिको चिन्ता र चासोका रूपमा लिनुपर्ने बताउनु भयो । उहाँले दुवै पक्षले दम्भ त्यागेर बीचको बाटो अपनाउनुको विकल्प नरहेको स्पष्ट पार्नुभयो । पार्टीको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै बलायरले अहिले काँग्रेसमा कोही पनि चोखो नरहेको बताउनु भयो । संस्थापन पक्षले कारबाहीको तयारी गरेको विषयमा टिप्पणी गर्दै बलायरले भन्नुभयो, ‘हिजो व्यक्तिपिच्छे यस्ता गतिविधि हुन्थे, अहिले समूहगत रूपमा भएका छन् । यो कुनै नौलो कुरा होइन । यसलाई अति रूपमा

लिएर कारबाहीको डन्डा चलाउनुभन्दा एकताका उपायहरू खोजिनुपर्छ । अहिले काँग्रेसमा ‘ए टु जेड’ सबै खुइलिएका छन् । कोही कम होलान्, कोही बढी, तर कसैले कसैलाई खुइल्याएर कोही बलियो हुने परिस्थिति छैन । पार्टीले धेरै ठूलो धोका र अप्ठ्यारो बेहोर्नु परेको छ, यसलाई सबैले स्वीकार गरेर नयाँ उपायका साथ अगाडि बढ्नुपर्छ ।’

आम कार्यकर्तामा पार्टी विभाजित हुने हो कि भन्ने त्रास रहेको सन्दर्भमा बलायरले अर्को पार्टी गठन गर्नका लागि भएको भेला नभएको बताउनु भयो ।

उहाँले अहिलेको अवस्थामा अतिवाद र चरम उत्कर्षमा पुगेर एकले अर्काको ‘वध’ गरेर कसैलाई पनि उपलब्धि नहुने चेतावनी दिनुभयो । आगामी दिनमा काँग्रेसलाई कसरी पुनर्ताजगी दिने भन्नेमा दुवै पक्ष जिम्मेवार र चिन्तित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । –न्युज एजेन्सी नेपाल