१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छः उपराष्ट्रपति

अहिंसाको शिक्षाले सबैमा करुणा र दयाभाव राख्न प्रेरित गर्छः उपराष्ट्रपति
फाइल फोटो
अ अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले जैन धर्मका २४औँ तीर्थकर भगवान् महावीरको जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि र आध्यात्मिक उन्नतिका लागि शुभकामना दिनुभएको छ ।

महावीरको आज दुई हजार ६२५औँ जयन्ती विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । जैन धर्मावलम्बीले यस पर्वलाई महत्वपूर्ण चाडका रुपमा मनाउने गर्दछन् । “महावीरको जीवन दर्शन मानव सभ्यताको अमूल्य धरोहर हो । उहाँले प्रतिपादन गर्नुभएको अहिंसा, सत्य, अपरिग्रह, अनेकान्तवाद र ब्रह्मचर्यजस्ता सिद्धान्तले समाजलाई नैतिकता, करुणा र सहिष्णुताको मार्गमा अघि बढ्न प्रेरित गर्दछ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

महावीरले दिनुभएको अहिंसाको शिक्षाले सबै प्राणीप्रति करुणा र दयाभाव राख्न सिकाउने र सत्यको पालानले इमानदारी र नैतिकताको मार्गमा दृढ रहन उत्प्रेरित गर्ने उपराष्ट्रपतिको कथन छ ।

लोभ–लालचबाट मुक्त भई सन्तोषपूर्ण जीवन जिउन प्रेरणा महावीरको विचारले दिने उल्लेख गर्दै उपराष्ट्रपतिले अनेकान्तवादले विभिन्न दृष्टिकोणलाई सम्मान गर्दै सहिष्णुता र सामाजिक सद्भावलाई बलियो बनाउने स्पष्ट पार्नुभएको छ । ब्रह्मचर्यले आत्मसंयम र आध्यात्मिक उन्नतिको बाटो देखाउने र यी सबै सिद्धान्तहरु आजको समाजमा उत्तिकै सान्दर्भिक रहेको उपराष्ट्रपतिको भनाइ छ ।

“महावीर जयन्ती धार्मिक अनुष्ठान मात्र होइन, सांस्कृतिक उत्सव पनि हो । यस अवसरमा हुने पूजा–अर्चना, शोभायात्रा, भक्ति सङ्गीत र सामूहिक प्रार्थनाले समाजमा एकता, मेलमिलाप र भाइचाराको सन्देश फैलाउँछ । यसले हामीलाई आत्मचिन्तन गर्न, कर्म शुद्धीकरण गर्न र समाज तथा राष्ट्रको हितमा योगदान दिन प्रेरित गर्दछ”, उपराष्ट्रपतिले सन्देशमा भन्नुभएको छ ।

भगवान् महावीरले ‘बाँच र बाँच्न देऊ’ भन्ने अमूल्य सन्देश दिनुभएको स्पष्ट पार्दै उपराष्ट्रपतिले जीवनका विभिन्न आदर्शहरुलाई सरल उदाहरणसहित प्रस्तुत गर्दै मानवलाई सत्य, सदाचार र तपस्याको मार्गमा अघि बढ्न प्रेरित गर्नुभएको पुष्ट पार्नुभएको छ । महावीरको उपदेशले क्रोधलाई शान्तिले, असत्यलाई सत्यले र दुष्टतालाई सद्गुणले पराजित गर्न सकिन्छ भन्ने अमर शिक्षा दिने सन्देशमा उल्लेख गर्नुभएको छ ।

महावीरले देखाएको सत्मार्गलाई आत्मसात् गर्दै सुखी, शान्तिपूर्ण र समृद्ध समाज निर्माणमा योगदान पु¥याउने सङ्कल्प लिन सक्नुपर्नेमा जोड दिँदै उपराष्ट्रपतिले यस जयन्तीले हरेक नेपालीलाई नैतिकता, सहिष्णुता र मानवतावादी मूल्यको मार्गदर्शन प्रदान गरोस्, पुनःशुभकामना व्यक्त गर्नुभएको छ ।  रासस