३१ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा चन्द्रगढी महिला गोल्डकप हुँदै



अ+ अ-

झापा। भद्रपुरस्थित मेची रङ्गशालामा चन्द्रगढी महिला गोल्डकप आगामी वैशाख ५ देखि १४ गतेसम्म हुने भएको छ । प्रतियोगिताको विजेताले रु ११ लाख राशिको पुरस्कार प्राप्त गर्ने छन् ।

चन्द्रगढी युवा क्लबको आयोजनामा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहने क्लबका अध्यक्ष रोहित सुब्बाले जानकारी दिनुभयो । नेपालका तीन विभागीय एपिएफ फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेड, सङ्कटा फुटबल र आयोजकको एक टिम रहनेछ ।

त्यस्तै, भारत, भुटानका एकएक क्लबले प्रतियोगितामा सहभागिता जनाउने टुङ्गो लागेको क्लबका अध्यक्ष सुब्बाले बताउनुभयो । नेपाली टिमको हकमा एक टिममा चार जनासम्म विदेशी खेलाडी दर्ता गराउन पाउने र एक समय तीन जना खेलाउन पाइने नियम रहेको उहाँले बताउनुभयो ।

प्रतियोगिताका प्लेयर अफ द म्याचले नगद रु ११ हजार र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले रु ५० हजार प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्ट खेलाडीलाई जनही रु २५ हजार प्रदान गरिनेछ । जिल्लालाई महिला फुटबलको पनि हब बनाउने र फुटबलमा भविष्य देखेका खेलाडीलाई नेपालको प्रतिनिधित्व गर्न तयार पार्ने लक्ष्यसहित यो प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । रासस