१३ भाद्र २०८३, शनिबार
,
Latest
गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन ग्लोबल स्मार्ट प्लसमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने सुविधा भोटेकोशी बाढीमा ज्यान गुमानेको सङ्ख्या ६१६ पुग्यो चीनको सिजाङस्थित जिरोङ नाकामा ड्रोनमार्फत राहत सामग्री आपूर्ति, ५५४ जना अझै बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुरक्षा जोखिमपछि कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी



अ+ अ-

काठमाडौं। भदौ २३ र भदौ २४ गतेको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि सुरक्षा खतरा बढेको भन्दै सुरक्षा संयन्त्रले सुरक्षित स्थानमा राख्नेगरी तयारी थालेको छ ।

कार्की आयोगका सिफारिसका आधारमा शनिबार प्रहरीले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको थियो । त्यसयता नेकपा एमालेका नेताकार्यकर्ता आक्रोशित छन् । दिनभर काठमाडौंको स्थिति तनावग्रस्त रह्यो ।

यता, आयोगको अध्यक्ष कार्कीमाथि सुरक्षा जोखिम बढेको महशुस गरेर सरकारले उनलाई उचित सुरक्षाको प्रवन्ध गर्न लागेको छ । सुरक्षा निकायनिकट उच्चस्रोतकाअनुसार उनलाई नेपाली सेनाको ब्यारेकमा राख्ने तयारी गरिएको छ । कार्कीको निवास पनि भक्तपुरको गुण्डुमा छ । त्यहाँ पनि अहिले बाक्लो मात्रामा प्रहरी खटाईएको छ ।