९ भाद्र २०८३, मंगलवार
,
Latest
लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने विदेशी लगानी भित्र्याउन पुँजी बजार सुदृढीकरण र नीतिगत सुधार अपरिहार्य : मुक्ति अर्याल नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय चलचित्र निर्देशक सिप्पी र अभिनेता हमालबीच संवाद हुने



अ+ अ-

काठमाडौँ। भारतीय चलचित्र निर्देशक रमेश सिप्पी र नेपाली चलचित्रका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम हुने भएको छ ।

यह चैत १९ देखि २३ गतेसम्म काठमाडौँमा हुने ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव (निफ)’ मा निर्देशक सिप्पी र अभिनेता हमालले ‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ अन्तर्गत संवाद गर्नुहुने महोत्सवका अध्यक्ष केपी पाठकले जानकारी दिनुभयो ।

नेपाली र भारतीय चलचित्रको यात्रा, व्यक्तिगत अनुभव, चलचित्रको विगत, वर्तमान र भविष्यका विषयमा निर्देशक सिप्पी र अभिनेता हमालले गर्नु हुने उहाँको भनाइ छ ।

अध्यक्ष पाठकले महोत्सवमा अन्य देशका चलचित्रकर्मीको पनि सहभागिता रहने बताउनुभयो । निर्देशक सिप्पी प्रख्यात भारतीय चलचित्र ‘शोले’ का निर्देशक हुनुहुन्छ । यस्तै, अभिनेता हमाल नेपाली चलचित्र क्षेत्रका ज्ञातासँगै तीन दशकभन्दा बढी काम गरिसक्नुभएको छ ।

आयोजकका अनुसार निफमा ४० देशका ८८ चलचित्र प्रदर्शन गरिनेछ । रासस