१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

चिनियाँ राजदूत पौडेलसँग बालुवाटार जग्गाबारे प्रहरीको बयान

चिनियाँ राजदूत पौडेलसँग बालुवाटार जग्गाबारे प्रहरीको बयान
अ अ+ अ-

काठमाडौँ । चीनका लागि नेपाली राजदूत लिलामणि पौडेलसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बालुवाटार जग्गा प्रकरणमा भएको भ्रष्टाचार विषयमा बयान लिएको छ । सम्भवत राजदूतका रुपमा कार्यरत रहेको अवस्थामा भ्रष्टाचारका विषयमा बयान लिइएका उनी पहिलो राजदूत हुनसक्छन् । उनी मुख्य सचिव रहेका बेला भएको सो अनियमिताका बारेमा उनको संलग्नताको आशंका गरिएकोले नेपाल प्रहरीले राजदूत पौडेलसँग प्रहरीले लिखित बयान लिएको थियो ।

यस विषयमा उनीसँग बयान लिनुपर्ने भएकोले बयानका लागि नेपालमै झिकाउने बारेमा प्रहरीले कागजातहरु बनाएको भए पनि पछि भने उनीसँग लिखित रुपमा बयान लिएको छ । उनले बेइजिङ बाटै बयान दिएका थिए । प्रहरीलाई बयान दिनका काठमाडौँ नजान राजदूत पौडलेलले ठूलै चलखेल गरेर चीनबाटै लिखित बयान दिने चाँजोपाँजो मिलाउन सकेको चर्चा प्रहरी बृत्तमा सुनिन्छ । आजको कान्तिपुर दैनिकमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले बयान लिएको खबर छापिएको छ ।

बालुवाटारस्थित ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणमा सीआईबीले पौड्यालसँग बयान लिएको हो । कान्तिपुरका अनुसार करिब साढे ३ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा लगेर त्यसमा नक्कली मोही खडा गर्ने निर्णयमा संलग्न रहेको आरोपमा व्युरोले पौड्यालसँग इमेलमार्फत बयान लिएको हो । पूर्वमुख्य सचिवसमेत रहेका पौड्याललाई व्युरोको ३ नम्बर पिलरले मंसिर १५ गते इमेलमार्फत जग्गा हिनामिना प्रकरणमा तपाईंको भूमिका के थियो ?

सरकारी जग्गामा मोही कायम नहुने कानून हुँदाहुँदै किन मोही कायम हुने गरी निर्णय गरियो ? त्यसबेला के के भएका थिए ? जस्ता आधा दर्जन प्रश्न गरेको थियो । व्युरोले पौडेलको निजी इमले ठेगानामा प्रश्न पठाएर जानकारी मागेको थियो । पत्र पठाएको १२ दिनपछि मंसिर २७ गते पौड्यालले व्युरोलाई इमेलमार्फत नै करिब २ पाना लामो जवाफ दिँदै जग्गा हिनामिनामा आफू संलल्ग्न नभएको दाबी गरेको कान्तिपुर समाचारमा उल्लेख छ । पौड्यालले बयानमा मुख्य सचिवको भूमिका कार्यकारी नभएको र तत्कालीन सचिवबाट टिप्पणी उठेर आएको फाइल आफूले सदरमात्र गरेको जिकिर गरेका छन् ।

पौड्यालले तत्कालीन भूमिसुधार सचिव दिनेशहरि अधिकारीले टिप्पणी उठाएको पत्र मन्त्रिपरिषद्मा पेस गर्नका लागि मात्रै आफूले सहजीकरण गरेको बताएका छन् । यसअघि नै उनी अरु पनि विभिन्न काण्डमा मुछिएर विवादमा आएपछि राजदूतबाट फिर्ता बोलाउन प्रधानमन्त्री केपी ओलीले तयारी गरेको भए पनि नेकपाका अध्यक्ष प्रचण्डले पूर्व माओवादीको कोटाबाट राजदूत भएकोले फिर्ता नबोलाउन प्रधानमन्त्रीसँग आग्रह गरेपछि उनलाई फिर्ता नबोलाइएको नेकपा स्रोतको दाबी छ ।

तर बालुवाटार प्रकरणमा उनीपनि जोडिएपछि र एकजना पदमै रहेको राजदूतलाई यसरी भ्रष्टाचारमा संलग्नताको आशंकामा बयान लिनुपर्ने अवस्था भएपछि भने उनलाई फिर्ता नबोलाउँदा छिमेकी देशसँगको सम्बन्धमा नै असर पर्नसक्ने प्रसंग सो पार्टीभित्रै उठ्न थालेको छ ।