१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सार्वजनिक सवारीमा अग्निनियन्त्रक यन्त्र अनिवार्य गरिँदै News Polar मापदण्ड विपरित सञ्चालित अस्पतालमा सिलबन्दी News Polar ताप्लेजुङ दोभानका आगलागी पीडितलाई पाथीभरा देवी दर्शन केबलकारको ५ लाख सहयोग News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

जब शिक्षा सचिव दाहालले विद्यार्थी आफ्नै गाउँपालिकाका अध्यक्षको नाम सोधेपछि…

जब शिक्षा सचिव दाहालले विद्यार्थी आफ्नै गाउँपालिकाका अध्यक्षको नाम सोधेपछि…
अ अ+ अ-

गोरखा । “ल, तिमीहरु भन त, यस गाउँपालिकाका प्रमुखको नाम के हो ?” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दाहालले कक्षा ६ मा पुगेर प्रश्न गरेपछि विद्यार्थी अल्मलिए । नेपालीमा सोधेकाले गाह्रो भएको ठानेर सचिव दाहालले अङ्ग्रेजीमा “हु इज दी चिफ अफ दिस भिलेज म्युनिसिप्यालिटी ?” भनेर सोध्दा पनि विद्यार्थीले उत्तर नदिएर एकोहोरो हेरिरहे ।

गोरखाको गण्डकी गाउँपालिका–८, घ्याल्चोकस्थित ज्ञानमार्ग माविमा सामाजिक अध्ययन विषय पढिरहेका ती विद्यार्थीले आफ्नै गाउँपालिकाका अध्यक्षको नाम बताउन सकेनन् वा थाहा भएर पनि उत्तर दिन हिच्किचाए । सामाजिक अध्ययन पढाउने शिक्षक रामचन्द्र अधिकारीलाई चाहिँ गाउँपालिकाका अध्यक्षको नाम होमबहादुर रानामगर हो भन्ने थाहा छ तर पाठ्यपुस्तकमा यो नलेखिएको हुनाले सायद उहाँले त्यसबारे पढाउनुभएको छैन ।

‘जनसङ्ख्या र यसको महत्व’ पाठ पढिरहेका बेला एकाएक बाहिरी विशिष्ट व्यक्तिहरु पुगेर प्रश्न सोधेकाले विद्यार्थीले उत्तर नदिएका पनि हुन सक्छन् । त्यसपछि सचिव दाहालले “सामाजिक अध्ययन भनेको के हो ?”, “जनसङ्ख्या भनेको के हो ?”, “भूगोल भनेको के हो ?” जस्ता प्रश्न गर्दा भने केही विद्यार्थीले नेपाली र अङ्ग्रेजी दुवै भाषामा सजिलै जवाफ दिए । त्यहीबीचमा राष्ट्रिय पुनः निर्माण प्राधिकरण (शिक्षा) कार्यक्रम कार्यान्वयन एकाइ, गोरखाका प्रमुख विष्णुप्रसाद मिश्रले आफ्नो डायरी बेन्चमा राखेर त्यसको लम्बाइ र चौडाइ सोध्दा पनि विद्यार्थीले ढुक्कले उत्तर दिन सकेनन् ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रको पछिल्लो अध्ययनअनुसार गणित, विज्ञान र अङ्ग्रेजीजस्ता विषयमा माध्यमिक तहका विद्यार्थीको सिकाइस्तर ५० भन्दा कम रहेको छ । सो विद्यालय हालै नेपाल सरकारले छनोट गरेका ३२२ नमूना विद्यालयमध्येको एक हो । नमूना घोषित विद्यालयले ‘विद्यालय क्षेत्र विकास कार्यक्रम’अन्तर्गत पूर्वाधार विकासका लागि रु डेढ करोडसम्म बजेट पाउँछन् ।

कोरियाली सहयोगमा सोही गाउँपालिकाको सुन्दरबस्तीस्थित लोकरत्न सामुदायिक सिकाइ केन्द्रको नवनिर्मित भवनको आइतबार उद्घाटनपछि सचिव दाहाल, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को०का निमित्त कोरियाली राष्ट्रिय आयोगका महासचिव किम ख्वाङ्गो, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी, गाउँपालिका–८ का अध्यक्ष रामप्रसाद रेग्मीलगायतको टोली सो विद्यालयको अवलोकनमा पुगेको थियो ।

सचिव दाहालले विद्यार्थीलाई सम्झाउँदै भन्नुभयो, “राम्रोसँग बुझेर पढ, नबुझेको कुरा शिक्षकलाई सोध, शिक्षकबाट उत्तर नपाए वा पढाएको चित्त नबुझे प्रधानाध्यापकलाई गुनासो गर । एक्लै गुनासो गर्न नसके समूहमा गएर भन । असल शिक्षकसँग पढ्न पाउनु तिमीहरुको अधिकार हो ।” कक्षामा शिक्षक अधिकारी उभिइरहेकाले होला विद्यार्थीले केही बोलेनन् । शिक्षक अधिकारी भने विद्यालयले अङ्ग्रेजी माध्यममा पढाउन थालेपछि कतिपय पाठ आफूहरुलाई समेत बुझाउन र विद्यार्थीलाई बुझ्न गाह्रो हुने बताउँदै हुनुहुन्थ्यो ।

भूकम्पबाट ध्वस्त भएको उक्त विद्यालयमा हाल जापान सहयोग नियोग (जाइका) ले २१ कोठाको नयाँ भवन निर्माण पूरा गर्न लागेको छ तर विद्यालयलाई अझै कक्षाकोठाको अभाव हुने देखिन्छ । सचिव दाहालले पूर्वाधारको अवस्थाको अवलोकन गर्दै भवन निर्माणको गुणस्तर नमिलेको भए दातालाई तत्काल स्पष्टरूपमा भन्न र निर्माण सकिएपछि सबै खर्च विवरण सार्वजनिक सुनुवाइ गरेर लेखापरीक्षण गराउन निर्देशन दिनुभयो । उहाँले विद्यालय सञ्चालनको क्षेत्राधिकार स्थानीय तहको भएकाले ती तहले शिक्षा सुधारको योजना ल्याउनुपर्नेमा जोड दिँदै शिक्षकहरुसँग भन्नुभयो, “हामीलाई राजनीति गर्ने फुर्सद छ तर विद्यालय सुधार्न चासो छैन । पहिला लोकतन्त्रका लागि शिक्षकले आन्दोलन गर्नुपरेको थियो, त्यो चरण सकिएकाले अब विकास र शिक्षा सुधारमा सबै लाग्नुपर्छ । शिक्षाका लागि केन्द्र सरकारले गर्नुपर्ने नीतिगत काम गर्नेछ ।”

कूल ६४ रोपनी क्षेत्रमा फैलिएको विद्यालयका प्रधानाध्यापक टङ्कप्रसाद नेपालका अनुसार प्राविधिक तथा पशु विज्ञान विषयमा जिल्लाकै पहिलो सो विद्यालयमा हाल ४५० विद्यार्थी छन् । उहाँले राजमार्ग नजिक अन्य निजी विद्यालय भएकाले आसपासका विद्यार्थी निजी लगानीका विद्यालयमा जान थालेकाले आफूहरुले पनि बस सेवा दिन सकेमा विद्यार्थी सङ्ख्या बढ्ने अवगत गराउनुभयो । सचिव दाहालले सामुदायिक विद्यालयले बस किन्न चाहेमा एक प्रतिशत भन्सार छुटमा सरकारले खरिद गराइदिने तर त्यसको सञ्चालनका लागि अभिभावक वा स्थानीय तहले लगानी गर्नुपर्ने सुझाव दिनुभयो ।

विसं २००८ मा पं लोकनाथ रेग्मीले ‘भाषा पाठशाला’का रूपमा स्थापना गरेको यो विद्यालयले २०२५ मा निमावि हुँदै २०३८ सालमा माविमा परिणत भए पनि २०५२ सालदेखि मात्रै शिक्षक दरबन्दी पाएको थियो । विद्यालयमा विसं २०६४ मा कक्षा ११ र १२ को कक्षा थालनी भएको थियो । विद्यालयमा गत वर्षको माध्यमिक शिक्षा परीक्षामा साधारणतर्फ ४० जना सहभागी भएकामा चार जनाले ए प्लस ग्रेड प्राप्त गरेका थिए ।