५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

वैकल्पिक सडक च्यामासिंह–ताथली–नालामा दुर्घटना बढ्दो, सुरक्षा निकाय सक्रिय

वैकल्पिक सडक च्यामासिंह–ताथली–नालामा दुर्घटना बढ्दो, सुरक्षा निकाय सक्रिय
अ+ अ-

काठमाडाैँ । अरनिको राजमार्गको वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको च्यामासिंह–ताथली–नाला सडकखण्डमा दैनिक सवारी दुर्घटना बढ्दै गएपछि जिल्लास्थित सुरक्षा निकायले स्थलगत अनुगमन गरी दुर्घटना न्यूनीकरणका उपाय खोज्न थालेका छन्।

भक्तपुरको सूर्यविनायक–बनेपा–धुलिखेल छ लेन सडक विस्तारमा ढिलाइ हुँदा बनेपा चोकबाट नालाताथली हुँदै च्यामासिंह निस्कने सडकमा सवारी चाप अत्यधिक बढेको छ। यससँगै दुर्घटनाका घटना पनि दैनिक रूपमा बढ्न थालेपछि स्थानीयवासीमा चिन्ता बढेको छ।

दैनिक दुर्घटनाका गुनासा बढेपछि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको नेतृत्वमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्का, प्रहरी वृत्त जगातेकी प्रमुख प्रहरी नायब उपरीक्षक चञ्चला श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी परिसरकी ट्राफिक प्रहरी निरीक्षक झरना सुनार लगायतको टोलीले उक्त सडकखण्डको अनुगमन गरेको हो। टोलीमा चाँगुनारायण नगरपालिका–९ का वडाध्यक्ष गणेश त्यातसमेत सहभागी थिए।

अनुगमनका क्रममा तीव्र गति, साँघुरो सडक र चालक अनुशासनको कमीका कारण दुर्घटना बढिरहेको निष्कर्ष निकालिएको छ। स्थानीय दत्तात्रय खाद्य उद्योगका सञ्चालक सञ्जीव मधिकर्मीका अनुसार एउटै दिनमा तीनवटासम्म दुर्घटना भएको आफूले प्रत्यक्ष देखेको बताउँदै दैनिक रूपमा हुने दुर्घटनाले स्थानीय त्रसित बनेका छन्। उनले उद्योग परिसरमा जडान गरिएका सिसीक्यामेराबाट दुर्घटनामा संलग्न सवारी पहिचान गर्न प्रहरीलाई सहयोग पुगेको उल्लेख गर्दै थप प्रभावकारी उपाय अवलम्बन गर्न सुझाव दिएका छन्।

वडाध्यक्ष त्यातले एक वर्षअघि जडान गरिएका नौवटा सिसीक्यामेरा मालवाहक सवारीका कारण क्षतिग्रस्त भई हाल सञ्चालनमा नरहेको जानकारी दिए। उनले सिसीक्यामेरासँगै सडक बत्तीको व्यवस्था अत्यावश्यक रहेको बताए।

प्रहरी वृत्त जगातेकी प्रमुख श्रेष्ठले सिसीक्यामेरा नहुँदा दुर्घटनापछि सवारी फरार हुने र अनुसन्धानमा कठिनाइ हुने समस्या रहेको उल्लेख गर्दै निगरानी प्रणाली र सचेतनामूलक बोर्ड आवश्यक रहेको बताइन्।

स्थानीयवासीका अनुसार इँटाभट्टा तथा उद्योग सञ्चालन हुने यस क्षेत्रमा सवारी चाप उच्च रहेको छ। उनीहरूले जोखिमयुक्त स्थानमा ट्राफिक प्रहरीको उपस्थिति बढाउन, सडक बत्ती जडान गर्न र उद्योगहरूबाट समेत सिसीक्यामेरा राख्न माग गरेका छन्।

जिल्ला ट्राफिक प्रहरी प्रमुखले जनशक्ति अभावका कारण निगरानी प्रभावकारी हुन नसकेको स्वीकार गर्दै डमी ट्राफिक माग गरिएको र तत्काल प्रहरी पोष्ट स्थापना आवश्यक रहेको बताए। साथै, जनचेतनामूलक अभियान, सिसीक्यामेरा र सडक बत्ती व्यवस्थापनले दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

अनुगमनपछि प्रमुख जिल्ला अधिकारी ढकालले जोखिमयुक्त क्षेत्रमा तत्काल सुरक्षाकर्मी परिचालन गर्ने, ट्राफिक अनुशासन कडाइ गर्ने तथा ‘फ्लेक्स बोर्ड’ र सिसीक्यामेरा जडानका लागि पहल गर्ने बताएका छन्। साथै, वडाध्यक्षलाई स्थानीय व्यवसायी र सरोकारवालासँग बैठक गरी समस्या समाधानतर्फ पहल गर्न निर्देशन दिएका छन्।

प्रहरी उपरीक्षक खड्काले बनेपा–जगाते सडकमा हुने लामो जामका कारण वैकल्पिक मार्गमा सवारी चाप बढेको उल्लेख गर्दै यस विषयमा सडक डिभिजन कार्यालयसँग समन्वय आवश्यक रहेको बताएका छन्।