१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar टिपरले ठक्कर दिँदा एकको मृत्यु, पाँच जना घाइते News Polar राष्ट्रिय सभाको २१ औं अधिवेशन सम्पन्नः १४५ दिनमा ५२ बैठक, के–के भए उपलब्धि ? News Polar सात विधेयक दफावार छलफलका लागि संसदीय समितिमा पठाइयो News Polar धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोलिँदै News Polar ओडारमा लुकाइराखेको अवस्थामा ३ थान भरुवा बन्दुक बरामद News Polar संसदको कार्यशैलीप्रति आचार्यको प्रश्न : ‘संसद बोल्ने मञ्च मात्र हो कि समाधान खोज्ने ?’ News Polar काठमाडौं क्लाइमेट विक २०२६ सुरु, जलवायु न्यायदेखि विश्वव्यापी कूटनीतिसम्म बहस हुने News Polar दुई तिहाइको दम्भले सुशासन ओझेलमा परेको एमाले मुख्य सचेतक मेचेको आरोप News Polar सरकारको ६ महिने कार्यकाल पूर्णतः असफल : झक्कुप्रसाद सुवेदी News Polar राष्ट्रपति पौडेलसमक्ष भाषा आयोगको वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रिय सभाको संवैधानिक अस्तित्व र संसद्को गरिमा सरकारले उपेक्षा गर्‍यो : कमला पन्त News Polar लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको ९ वर्षपछि धनुषाका १८६ स्ववासी परिवारले पाए लालपुर्जा News Polar असोज पहिलो १५ दिनको करदाता उपहार सार्वजनिक, लालबाबु साहले पाए १० लाख बम्पर News Polar करदाता प्रोत्साहन उपहारमा १६ जना विजेता, एक जनाले जिते १० लाख News Polar ‘डोजरे विकास’ ढाँचाले हिमाली पर्यावरण बिगार्‍योः सचेतक परियार News Polar कांग्रेस महाधिवेशनमा बाबु–छोरा नै महाधिवेशन प्रतिनिधि News Polar आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत पारित News Polar जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार News Polar बाढीमा हराएकाहरुको जीवन खोज्ने जवान News Polar सभामुख डीपी अर्यालद्वारा राष्ट्रपति पौडेलसँग शिष्टाचार भेट

प्रकाश सपुतकाे नयाँ गीतमाथि प्रश्नै प्रश्न, के छ गीतमा ?

प्रकाश सपुतकाे नयाँ गीतमाथि प्रश्नै प्रश्न, के छ गीतमा ?
अ अ+ अ-

काठमाडाैं । गायक प्रकाश सपुतले शुक्रबार साँझ आफ्नो यूट्यव च्यानल मार्फत पीर शीर्षकमा एक गीत सार्वजनिक गरे । गीत सार्वजनिक गर्नुभन्दा अगाडि सपुतले फेसबुकमा लेखेका थिएः ह्या ! यस्तो गीतहरु गाउँदिन र बनाउदिन भन्छु तर फेरि कसो कसो सिर्जनाहरु उतै मोडिन्छन् । थाहा छैन, म निराशावादी हो कि हामी बाँचेको समय र परिवेश निराशाजनक हो ।

गीत सार्वजनिक भएको २४ घण्टा पनि नबित्दै एउटा तरंग नै उत्पन्न भयो । सामाजिक सञ्जालमा गीतको पक्ष र विपक्षमा अभिव्यक्तिहरु सार्वजनिक हुन थाले । शसस्त्र युद्ध लडेको माओवादी र उनीहरुका लडाकुहरुको अवस्थालाई चित्रण गरिएको भिडियोले यस्तो एउटा कथा बोक्यो यो गीत मात्र रहेन । समग्र युद्ध पछिको अवस्था र नेतृत्वको जीवनशैलीलाई यसरी उतारेका छन् कि गीत हेर्नेले एक पटक गम्भीर भएर सोच्न बाध्य हुन्छ । गीतमा बाल कलाकारले सुलभ रुपमा देश खाजेका छन् तर गायकले दिएको जबाफले प्रत्येकको मुटुमा एक पटक ढक्क हान्छ  'देश भन्नु त के रैछ र चार किल्लाको माटो, त्यही माटो नि उनकै मात्रै जो छ्न् टाठाबाठा ।'

 

पूर्व माओवादी लडाकुहरु जुन लक्ष्य र उद्देश्य प्राप्तिका लागि लागेका थिए उनीहरुको सपनामा भएको तुसारपात अनि जोखिमयुक्त बैदेशिक रोजगार तथा देह व्यापारमा लागेर बाच्न गरेको संघर्ष नै यति बेला बहस र आलोचनको केन्द्र बनेको छ ।  

गीत सार्वजनिक भएपछि माओबादी नेता ए वाईसीएल इञ्चार्ज राम प्रसाद सापकोटा दीपशीखाले गीतका दृश्यमा आपत्ति जनाउँदै त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय समेत भएको जनाएका छन् ।  उनले लेखेका छन्: जब एउटा सर्जक सिर्जनामाथि व्यापार गर्न थाल्छ नि, उसले बजार हेर्छ र मानिसहरूका भावनाहरूबाट आफैलाई मार्छ । प्रकाश सपुत एक राम्रा सर्जक हुन् ! व्यापारमा सिर्जना नमारून् ! पिर को परिकल्पनाको समग्र पक्ष्यप्रति राजनीतिक कोण नबनाउ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् त्यो आपत्तिजनक मात्रै होइन दण्डनीय छ । उसो भए सर्जक सपुतलाई मेरो एउटा प्रश्नः अभाव, निराशा अनि गरिव महिलाहरूले देह व्यापार नै गर्छन् हो ? सायद ति महिलाहरूले नलडेको भए सपुतहरूले स्वतन्त्र गीतहरूमा निर्धक्क संगीत भरेर उन्मुक्त गुनगुनाउन सक्दैनथे !

तर माओवादी युद्धमा लडाकु रहेका लेलिन बिष्टले लेखेका छन्ः सत्य पचाउन सिकौं दाम्रेड हो ! हिजो जनयुद्ध लडेका कैयौं हाम्रै दाजुभाइको अहिले अवस्था के छ ? सङ्सङै लडेका केही साथीहरु पहुँचवाला भए, कोही खाडी मुलुक भास्सिन बाध्य भए !  कोही लडाकुले जनयुद्धलाई नै अनावश्यक थियो भन्न थाले ! अनि इमानदार नेपालीहरुको अवस्था के छ अहिले ? जनमुक्ति सेना कहाँ छन् ? सहिदको रगतको मूल्य कति छ ? घाइते र अपांगहरु जनयुद्धको बारेमा के सोच्दै होलान् ,कति तड्पिरहेका छन् ? अहिलेको राज्य व्यवस्था यी विषयहरुबाट अन्जान छ रु अझै भनौं त जनयुद्ध नै जग बनाएर सत्तामा पुगेकाहरु अहिले यस्तो अवस्थामा छन् ?
मानौं जनयुद्धसँग उनीहरुको कुनै चिनजान छैन । यथार्थ तितो हुन्छ, केही वर्ष हामी आफैँले पनि सानो खोज एवम् केही पूर्व लडाकु प्रतिनिधि पात्रहरुसँग छलफल गरेका थियौ त्यसको रिपोर्ट पनि सार्वजनिक भैसको छ, के सोच्छन् अहिले पुर्व लडाकु ? कसरी बस्दैछन तिनै पुराना समाज वा व्यवस्थामा यहाँ उक्त रिपोर्टको क्लिप पनि छ हेर्नु होला,
आवश्यक परे नेपालीमा पनि उपलब्ध छ, तपाईहरुलाई उपलब्ध गराउने छु ।

पूर्व मन्त्री एवं नेकपा एमालेका नेता गोकुल बास्कोटा गीतबारे सामाजिक सञ्जालमा लेख्नुहुन्छः हो बरै, विनयशीलताको पिरामीड ठानिएको प्रचण्डको बेलुन प्रकाश सपुतको एक छेस्कोले आज प्याट्टै भएछ !

यसै गरी माओवादी नेता देवेन्द्र कोइरालाले लेखेका छन्ः देशका सम्पूर्ण राजनीतिक शक्तिहरु राजा र भारतको तीन खम्बा को कैदमा र्याल चुहाइरहेको बेला त्यसको बिरुद्ध ज्यानको बाजी लगाएर लडेका जनमुक्ति सेनालाई भट्टी र वेश्यावृत्ति जस्ता चरित्रमा जोडेर बिद्रुपिकरण गर्न प्रकाश सपुत मार्फत रचिएको दुष्प्रयास भर्त्सनायोग्य छ । त्यस बाहेक पार्टीको आदेशमा हिजो ज्यानको बाजि लगाएर लडेका ती भुइँतहका योद्धा र समर्थित जनताहरुको अहिलेको दुस्ख, आफ्नै नेताहरूको तितो व्यवहार र उनिहरुको ब्यवस्थापनमा देखिएको वेवास्ताका पक्षलाई भने स्विकार गर्नुपर्छ ।

यसै गरी लेखक सरिता तिबारीको बुझाई छ –प्रकाश सपूतको नयाँ गीतका पात्र,परिस्थिति र कथा यति जीवन्त लागे कि तिनले कोर्राले हाने झैं चेतनाका सबै तन्तु हल्लाइदिए ! यो गीतलाई कथा बेच्नु वा इतिहासको भ्रष्टीकरण गर्नु रचिएको प्रतिक्रियावादी षडयन्त्र भनिने सम्भावना उत्तिकै छ। यो गीतले प्रस्तुत गरेको कठोर यथार्थ आत्मसात गर्ने विवेक माओवादी नेतृत्वमा त छ भन्ने लाग्दैन तर आम कार्यकर्ता पंक्तिले गम्भीर भएर सोचोस कि अझै पनि यही नेतृत्व र यिनै मानिसहरूलाई नाइके मानेर हिंड्ने कि नेतृत्वको कमान सम्हाल्न अघि सर्ने ? हिजो लडेको आन्दोलनको मूल्य रक्षा गर्नकै लागी अब नेतृत्व लिन आँट गर्ने कि फलाना फलाना त एक्काइसौं शताब्दीका महान नेता हुन् भन्दै यही नेतृत्वको स्तुतिगान गरेर पूच्छर लाग्ने ?

यसै गरी समाजशात्री निर्मला ढकाल लेख्नुहुन्छ – प्रकाश सपुतको नयाँ गीतले प्रचण्डको जनयुद्धलाई राम्रै व्याख्या गरेको रछ । अब छौडाहरुले डाम्ने सम्भावना देखियो ।

पत्रकार राजेद्र बानियाको बुझाई छः गौरवशाली महाशयहरु, एकचोटी प्रकाश सपुतको गीत सुन्नभन्दा हेर, हेर्नभन्दा इतिहास र वर्तमानको तराजुमा आफैँलाई राखेर जोख । हिम्मत छ? सलाम प्रकाश सपुत! ऐना हेर्न र देखाउन उत्ति नै शाहस चाहिन्छ ।

पत्रकार विश्वदिप लामिछानेको तर्क छः प्रकाश सपुतको गीत विवादमा होइन, विवादमा माओवादी हिंसात्मक जनयुद्ध नामक नरसंहार र तेस्ले ल्याएको सामाजिक बिचलन हो। सपुतले एउटा पाटो मात्र देखाएका हुन्।
 
अर्का पत्रकार मिलन लिम्बु भने गीत बारे यस्तो प्रतिक्रिया दिन्छन्ः प्रकाश विश्वकर्मा उर्फ प्रकाश सपुतहरु आज समान हैसियतका नागरिक भएर बाचेका छन् । त्यो कहालीलाग्दो अमानवीय व्यवहारबाट प्रकाशहरुलाई मुक्ति दिलाउन जनयुद्धको ठूलो देन छ । लाग्दो हो– मुक्तिका लागि गरिएको बलिदान मुक्तिपछि बिर्सनुपर्ने फगत घटना थियो ! त्यसैले त जनयुद्धलाई घृणा गर्छन् !

उता वाइसिएलका अध्यक्ष सुमन देवकोटाले देशको राजनैतिक रुपान्तरणको लागि लडेका महिला छापामार (गणतन्त्रको सेनानी) लाई चरित्रहिन नारीको रुपमा चित्रण गरिएको कथित म्युजिक भिडियो सह्य छैन । गणतन्त्रको सेनानीको अपमान हुने शब्द दृश्य तुरुन्त हटाउन प्रकाश सपुतसंग अनुरोध गरेका छन् ।

विवेकशिल साझाका अध्यक्ष रबीन्द्र मिश्रको बुझाई यस्तो छः छोरीलाई भोकै मार्छौ? हामीलाई छैन देशको मायाँ? देश र जनताका लागि भनेर गोली खाएको हैन? के पायौ?

सिमान्त दहालको बुझाई भने यस्तो रहेको छ – महान् जनयुद्धको पछ्यौरी च्यातिएछ की, के हो?

सर्जकले सिर्जना गर्ने हो समाजको देखिएको चित्र र लुकेको यथार्थलाई उतारेको हुन्छ । केही समय अघि गायक पशुपति शर्माले सार्बजनिक गरेको गीत लुट्न सके लुट कान्छा लाई लिएर पनि सदन देखि सडकसम्म तात्यो । एमालेका नेता तथा कार्यकर्ताहरु पशुपति माथि खनिए ।

गीत हटाउन धम्की दिए । तर सत्य कैले स्वीकार गरेनन् । आज फेरि सपुत माथि उहि नियती देखिएको छ । धम्की सूरु भएको छ तर बिगत फर्केर हेर्ने तथा कमी कमजोरीको समीक्षा गौण बनेको छ । त्यसैले त भनिन्छ नि नेतालाई सुन्न मन लागेको कुरा मात्र सुनाउनु पर्छ ।