५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

वाम एकताप्रति गोकुल बास्कोटाको कटाक्ष: मितको एकताले जनता र समर्थकमा विश्वास आर्जन हुन सक्दैन



अ+ अ-

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले पुनः वाम एकताको बहस सुरु हुन लागेको भन्दै त्यसप्रति असन्तुष्टि जनाएका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले वाम एकताको ‘राग’ फेरि चल्न लागेको टिप्पणी गरेका हुन्। उनले जनताले मत दिएर सरकार गठन हुन लाग्दा केही व्यक्तिहरूले अनावश्यक रूपमा अवरोध सिर्जना गर्ने प्रवृत्तिसँग तुलना गर्दै यस्तो प्रयासलाई ‘फोहर खेल’ जस्तै भएको बताएका छन्।

उनका अनुसार आन्दोलनको पुनर्जागरणभित्र संगठनको पुनर्गठन र नयाँ नेतृत्व निर्माणतर्फ ध्यान दिनु आवश्यक छ। केवल मिलेमतोका आधारमा गरिने एकताले जनता र समर्थकमा विश्वास आर्जन गर्न नसक्ने उनको भनाइ छ।

नेकपा एमालेका नेता बास्कोटाले विचार, संगठन र नेतृत्वको स्पष्ट आधार बिना गरिने एकता दीर्घकालीन रूपमा प्रभावकारी नहुने पनि उल्लेख गरेका छन्।