९ असार २०८३, मंगलवार
,
Latest
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति गण्डकी प्रदेशसभा: मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल सुरु अन्तिम मनोनयनका लागि तीन हजार २९७ जनाको आवेदन रास्वापा महाधिवेशन निर्वाचन तालिका पुनः संशोधन हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ एमाले उपाध्यक्ष पौडेलको गिरफ्तारीपछि रणनीति तय गर्न सचिवालय बैठक सुरु (तस्बिरसहित) विवेक प्रयोग गरी नेतृत्व चयन गर्न र परिणाममुखी बन्न सभापति लामिछानेको आह्वान विष्णु पौडेललाई ७ दिन हिरासतमा राख्न अदालतकाे अनुमति सामुदायिक विद्यालयको शिक्षा सुधारमा कामपाको जोड कोशी प्रदेश : बजेटमाथिको सामान्य छलफल सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षक नियुक्ति गर्न खुल्यो बाटो



अ+ अ-

काठमाडौं । स्थानीय तहलाई करार शिक्षक नियुक्ति गर्न बाटो खुल्ला भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई करार शिक्षक नियुक्ति गर्न बाटो खोलिदिएको हो।

मंगलबार मन्त्रालयले सूचना जारी गरी जिल्लाभित्रका रिक्त शिक्षक दरबन्दीमा सरुवा वा करारमा शिक्षक नियुक्ति गरी पदपूर्ति गर्न फुकुवा गरेको हो।

यसअघि मन्त्रालयले गत कात्तिक २४ गते शिक्षकहरूको स्थायी नियुक्ति तथा पदस्थापना र दरबन्दी मिलानको कार्य सम्पन्न नभएसम्मका लागि शिक्षकहरूको सरुवा तथा करारमा शिक्षक नियुक्ति नगर्न स्थानीय तहलाई निर्देशन दिएको थियो।