११ असार २०८३, बिहीबार
,
Latest
शिक्षामन्त्री भन्नुहुन्छ, ‘नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन’ राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै



अ+ अ-

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिलाई उपस्थितिका लागि आमन्त्रण गरिएको छ । सभापति गगनकुमार थापाको अध्यक्षतामा बस्ने वैठक पार्टीको १५ औं महाधिवेशनको मिति तोक्ने लगायतका विषयमा केन्द्रित रहनेछ।

आइतबार सम्पन्न केन्द्रीय समिति बैठकले नियमित १५ औं महाधिवेशनका लागि केन्द्रित हुने निष्कर्ष निकालेको थियो। फागुन २१ को चुनावको समीक्षा र चुनावी हारको पराजयलाई लिएर सभापतिबाट गगन थापाले दिएको राजीनामा सो केन्द्रीय समिति वैठकले अस्वीकृत गरेको थियो।

थापाको राजीनामा अस्वीकृत भएसंगै पुनः केन्द्रीय समिति बैठक बोलाइएको हो। वैठकमा संसदीय दलको नेता लगायतका समसामयिक विषयमा समेत छलफल हुने बताइएको छ ।