१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आजदेखि कांग्रेसको १५औँ महाधिवेशन News Polar थारू परिकारलाई ‘बजारीकरण’ गरिँदै News Polar राहत कोषमा फिदिम नगरपालिकाद्वारा ४७ लाख जम्मा News Polar विपद्पछिको पुनर्निर्माणमा जुटेको म्याग्दी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar काठमाडौं क्लाइमेट विकको दोस्रो दिन २० भन्दा बढी सत्र, १ हजारभन्दा बढी प्रत्यक्ष सहभागी News Polar आइटियुको दक्षिण एसिया क्षेत्रीय कार्यालय प्रमुखमा नेपाली विज्ञ अनन्दराज खनाल News Polar विपिन आचार्यको नेतृत्वमा रास्वपाले बनायो स्थानीय निर्वाचनका उम्मेदवार छनोट समिति News Polar तमोर नदीमा बगेर एक किशोर बेपत्ता News Polar एउटै छानामुनि विभिन्न ब्रान्डका सौन्दर्य सामग्री, आई ब्युटीको सेवा विस्तार News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न

लिपुलेक विवाद फेरि सतहमा, भारतद्वारा भन्सार खुला गर्ने घोषणा

लिपुलेक विवाद फेरि सतहमा, भारतद्वारा भन्सार खुला गर्ने घोषणा
अ अ+ अ-

नेपाली भूमि लिपुलेकमा भारतले चीनसँगको व्यापारलाई सहजीकरण गर्नेगरी सुविधासम्पन्न भन्सार विन्दु निर्माण गर्ने भएको छ ।

भारतीय समाचार संस्था पिटिआईका अनुसार, छ वर्षदेखि रोकिएको व्यापारिक नाकामा निर्माण कार्य यसै वर्ष सन् २०२६ मा पुन: सुरु हुन लागेको हो । लिपुलेक पास लाई भारतले आफ्नो भूमि भन्दै दाबी गरिरहेको छ ।

भारतको पिथौरागढका जिल्ला मजिस्ट्रेट आशिस भटगाईको हवाला दिँदै पिटिआईले भनेको छ, केन्द्र सरकारको निर्देशन बमोजिम लिपुलेक पास बाट दुई देशीय व्यापार पुन: सुरु हुन लागेको हो । यस वर्ष जुन देखि सेप्टेम्बर सम्म व्यापारिक कारोबार यस मार्गबाट हुनेछ ।

भारतको विदेश मन्त्रालयले यो नाकाबाट व्यापारिक कारोबार गर्न अनुमति दिएको भटगाईले बताएका छन् । भटगाईका अनुसार, भारतीय विदेश सचिव विक्रम मिस्रीले उत्तराखण्डका मुख्य सचिवलाई एक पत्र पठाएर यो मार्गबाट व्यापारिक कारोबार सुरु गर्न अनुमति दिइएको छ । मिस्रीको पत्रमा यो नाका सुचारु गर्न भारतको वाणिज्य तथा उद्योग मन्त्रालय र गृह मन्त्रालयले समेत अनुमति दिइसकेको उल्लेख छ ।

लिपुलेकमा अब मुद्रा सटही गर्ने बैंकका शाखा, भन्सार कार्यालय, संचार सुविधा, सुरक्षाकर्मी परिचालन, व्यापारीका लागि चिकित्सा सेवा समेतका निकायहरु रहने गरी विस्तृत कार्ययोजना सहित तयारी थालिएको छ ।

भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार यो मार्गबाट सन् १९९२ देखि नै भारत र चीनको तिब्बतबीच व्यापार हुँदै आए पनि कोभिड पछि सन् २०१९ बाट यो मार्ग बन्द रहेको थियो । अब भारतीय व्यापारीले तिब्बतको ताक्लाकोटबाट सामान भारततर्फ ल्याउन सक्ने छन् ।

विवादित जमिनमा भारतको बलमिच्याइँ

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग रहेको नेपालको बुझाई छ । महाकाली नदीका उद्गम स्थलका रुपमा रहेका यी क्षेत्रलाई समेटेर नेपालले संविधानमा उल्लेख गरिसकेको छ भने नेपालको नक्सामा यी क्षेत्रलाई समेटिएको छ ।

भारतले नेपालको दाबीलाई नकार्ने मात्र होइन, त्यस क्षेत्रमा जबर्जस्ती सैनिक अखडा राख्ने र नेपाली अधिकारी एवं सर्वसाधारणलाई त्यस क्षेत्रमा प्रवेश समेतमा बन्देज लगाएको छ ।

यसअघि भारत र चीन बीच भएका समझदारीमा लिपुलेकबाट दुई देशीय व्यापारिक मार्ग बनाउने भनिएका खबर सार्वजनिक भएका थिए । तर चीन र भारतको त्यस निर्णयका विरुद्धमा नेपालले चीन र भारत दुबै तर्फका सरकार प्रमुख समक्ष कुटनीतिक नोट पठाएर विरोध जनाउँदै आएको थियो ।

नेपालमा राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार गठन गर्नै लाग्दा यो पेचिलो विषय फेरि सतहमा आएको छ । आगामी सरकारको नेतृत्व गर्न लागेका बालेन शाह माथि यो विषयलाई के कसरी सम्बोधन गर्ने भन्ने विषय अब हेर्न बाँकी छ ।