१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय

लहानका महिलालाई बेमौसमी तरकारीखेती तालिमः आयआर्जन र स्वरोजगारमा जोड

लहानका महिलालाई बेमौसमी तरकारीखेती तालिमः आयआर्जन र स्वरोजगारमा जोड
अ अ+ अ-

सिरहा। आर्थिक रूपमा विपन्न तथा सामाजिक रूपमा पछाडि परेका महिलालाई स्वरोजगार बनाउने उद्देश्यका साथ लहान नगरपालिका– २० हरिनगरामा ६५ दिने बेमौसमी तरकारी उत्पादन तालिम सुरु भएको छ ।

हेल्भेटास नेपालको आर्थिक सहयोगमा ‘सिलिड्स सीप र सशक्तीकरण परियोजना’ अन्तर्गत शुक्रबारबाट यो तालिम सञ्चालन गरिएको हो । ट्रेड लिङ्क टेक्निकल ट्रेनिङ इन्स्टिच्युट प्रालिमार्फत सञ्चालित यो तालिम ‘लेभल—१’ स्तरको हुनेछ, जसमा २० जना महिलाको सहभागिता छ ।

तालिमको उद्घाटन गर्दै लहान नगरपालिकाका नगरप्रमुख महेशप्रसाद चौधरीले सीप नै आत्मनिर्भरताको पहिलो खुड्किलो भएको बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले कृषि र स्वरोजगारलाई प्राथमिकतामा राखेको छ । तालिममा सिकेको सीपलाई केवल प्रमाणपत्रमा सीमित नराखी खेतबारीमा उतार्नुहोस् । मेहनत गर्ने किसानका लागि बजार र आवश्यक सहयोगका लागि नगरपालिका सधैँ तयार छ ।”

त्यस्तै, वडा नं २० का वडाध्यक्ष गणेशकुमार चौधरीले स्थानीयस्तरमै रोजगारी सिर्जना गर्न यो तालिम कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले थप्नुभयो, “हाम्रो वडाका दिदीबहिनीले आफ्नै गाउँघरमा बसेर आयआर्जन गर्न सकुन् भन्ने हाम्रो चाहना हो । यो ६५ दिनको सिकाइले यहाँका महिलालाई उद्यमी बनाउनेछ र घरखर्चका लागि अरूको भर पर्नुपर्ने अवस्थाको अन्त्य गर्नेछ भन्ने विश्वास लिएको छु ।”

तालिमको प्रभावकारिता र अपेक्षित उपलब्धिबारे जानकारी दिँदै हेल्भेटासकी कार्यक्रम अधिकृत निरमा चौधरीले तालिमपछिको आम्दानीमा जोड दिनुभयो । “हरिनगरासँगै सिरहाकै कर्जन्हा र धनुषाको गणेशमान चारनाथ नगरपालिकामा पनि महिलाहरूलाई यसैगरी व्यावसायिक तरकारी उत्पादन तालिम प्रदान गरिनेछ । यो तालिम केवल सिकाउनका लागि मात्र होइन, यसले ठोस् परिणाम दिनुपर्छ । तालिम पूरा गरिसकेपछि यहाँका प्रत्येक सहभागीले बेमौसमी तरकारी खेतीबाट मासिक कम्तीमा रु १५ हजारसम्म आयआर्जन गर्न सक्ने हुनुपर्छ भन्ने हाम्रो लक्ष्य हो । यसका लागि हामी छ महिनासम्म फलोअप र रोजगारीमा सहयोग पनि गर्नेछौँ,” उहाँले भन्नुभयो ।

तालिम अवधिभर सहभागीहरूलाई व्यावसायिक खेती गर्ने तरिका, बीउ छनोट, रोगकीरा नियन्त्रण र आधुनिक प्रविधिको प्रयोगबारे प्रयोगात्मक र सैद्धान्तिक ज्ञान दिइने आयोजकले जनाएको छ । रासस