७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आज देशैभर कांग्रेसको पालिका अधिवेशन News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान
अ+ अ-

काठमाडौं । चितवन जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै नेपाल रेडक्रस सोसाइटी चितवन शाखाले रक्तदानका कार्यक्रम गरिदिन अपिल जारी गरेको छ ।

शाखाका सभापति हरिप्रसाद पौडेलद्वारा जारी अपिलमा जिल्लाका अस्पतालमा उपचारार्थ आएका बिरामीहरुको उपचारका लागि समेत रगतको अभाव भएकाले रक्तदान गर्नका लागि अपिल गरिएको छ ।

निर्वाचन पछि रक्तदानका कार्यक्रमहरु नहुँदा जिल्लामा रगतको अभाव भएको अपिलमा उल्लेख छ । अहिले जिल्लामा दैनिक १५० हाराहारी यूनिट रगतको माग हुने गर्दछ । रक्तदानका कार्यक्रमहरु न्यून मात्र भएपछि माग अनुसार रगत पूर्ती हुन नसकेको हो ।

शाखाले यहाँ संञ्चालन गरेको प्रादेशीक रक्तसञ्चार केन्द्र भरतपुरमा र ठूला अस्पतालहरुमा रहेका इकाईहरुमा बिरामीका आफन्तहरु आएर रक्तदान गर्ने गरेका छन् । बाहिरबाट आएका बिरामीहरुको उपचार रगतका कारण रोकिन थालेको छ ।

केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार अहिले केन्द्रमा रगत नहुँदा बिरामीका आफन्त र स्वयमसेवी रक्तदाताहरुको सहयोगमा रगतको मागपूर्तीको प्रयास गरिदैं आईएको छ । यहाँ रहेका ठूला दुई मेडिकल कलेज, भरतपुर अस्पताल, क्यान्सर अस्पताल सहितका शल्यक्रिया हुने अस्पतालमा रगतको अभाव हुँदा आकस्मिक रुपमा समेत रगत पु¥याउन कठिन भएको उनले बताए ।

क्यान्सरका बिरामीहरुलाई धेरै रगतको आवश्यक पर्दछ । यस्तै सुत्केरी र दुर्घटनाका घाइते सहितलाई गरिने शल्यक्रियाका क्रममा रगतको आवश्यक हुने गर्दछ । रक्तदानका कार्यक्रमहरु नगर्दा पनि रगतको अभाव भएको केन्द्रका प्रमुख पौडेलले बताए  ।