१२ असार २०८३, शुक्रबार
,
Latest
महामन्त्री पदको उम्मेदवारी फिर्ता लिँदै खरेलले भने: लामो बाटो तय गर्नुछ रास्वपा महाधिवेशन लम्बिँदा प्रतिनिधि सभा बैठक फेरि स्थगित रास्वपाको उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध कार्तिक १४ गते काठमाडौंमा ‘जापान–नेपाल फुड एण्ड म्युजिक फेस्टिबल’ आयोजना हुने प्रतिनिधिसभाको आजको बैठकमा पाँच विधेयक प्रस्तुत हुने, आर्थिक विधेयक पारित गर्ने कार्यसूची इजिप्टमा सडक दुर्घटनामा मृत्यु हुनेको संख्या १०.८ प्रतिशतले वृद्धि फ्रान्समा अत्याधिक गर्मीका कारण ७२ विभागमा ‘रेड अलर्ट’ जारी, तापक्रमले कायम गर्‍यो नयाँ कीर्तिमान अफ्रिकामा साइबर चुनौतीको सामना गर्न विज्ञहरूद्वारा सहकार्यको आह्वान भेनेजुएला भूकम्पः मृतकको संख्या २ सय ३५ पुग्यो यी हुन् रास्वपाका नवनिर्वाचित ९९ केन्द्रीय सदस्य (मतसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

रोनाल्डोको ह्याट्रिकमा युनाईटेडले टोटेनहमलाई हरायो, लिभरपुलद्वारा ब्राइटन पराजित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर युनाइटेडले जित निकालेको छ । 

शनिबार राति भएको खेलमा युनाइटेडले टोटेनहमलाई ३-२ गोलले पराजित गरेको हो । युनाइटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । 

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा रोनाल्डोले १२, ३८ र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरेका हुन् । यता टोटेनहमका लागि खेलको ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दा एक गोल भने युनाइटेडका ह्यारी म्यागुएरले आम्मघाती गोल गरेका थिए । 

जितसँगै युनाइटेड अंकतालिकाको चौंथो स्थानमा उक्लिएको छ । उसको २९ खेलबाट ५० अंक छ । यता, पराजित टोटेनहम २७ खेलबाट ४५ अंकसहित सातौं स्थानमा रहेको छ । 

यस्तै शनिबार राति नै भएको अर्को खेलमा लिभरपुलले ब्राइटनलाई २-० गोलले पराजित गर्यो । लिभरपुललाई जित दिलाउन लुइस डियाज र मोहमद सलाहले एक एक गोल गरे ।

खेलको १९ औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । यस्तै, खेलको ६१ औं मिनेटमा सलाहले पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई २९० को जित दिलाए ।

जितसँगै २८ खेलबाट ६६ अंकसहित लिभरपुल तालिकाको दोस्रो स्थानमा रहेको छ । पराजित ब्राइटन समान खेलबाट ३३ अंकसहित १३ औं स्थान रहेको छ ।