९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक



अ+ अ-

काठमाडौँ। नेपाली कथानक चलचित्र ‘मालती मंगले’को टाइटल गीत सार्वजनिक गरिएको छ ।

बुधवार राजधानीमा एक समारोहका बीच चलचित्र ‘मालती मंगले’को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको हो ।

अभिनेतृ वर्षा राउत तथा अभिनेता विजय बराललाई फिचर्ड गरिएको यो गीतमा गायक रामकृष्ण ढकाल र गायिका रचना रिमालको स्वर रहेको छ ।

आनन्द अधिकारीको शब्दमा उज्वल सागरले संगीत भरेका छन् । टाइटल गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेतृ वर्षा राउतले गीतका शब्द र संगीतको प्रशंसा गर्दै यस्तो चलचित्रसँग जोडिन पाएकोमा खुशी व्यक्त गर्नुभयो ।

गायक रामकृष्ण ढकालले आनन्द अधिकारीसँग लामो सांगितीक सहकार्य भएको उल्लेख गर्दै यस सहकार्यले सांगीतिक सम्बनध थप बलियो हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यो गीत पनि विगतका अन्य गीतहरुजस्तै दर्शकले रुचाउनेमा विश्वस्थ रहेको पनि बताउनु भयो । उहाँले चलचित्रको कथा समेत नेपाली समाजको परिवेशमा हुने माया र प्रेमको कथा रहेको बताउनु भयो ।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भुमिकामा छन् । साथै चलचित्रमा प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु साह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा लगायतको अभिनय छ ।