• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   दुई ‘चोकर्स’को फाइनल भिडन्त, भारत एक दशक र दक्षिण अफ्रिकालाई ३२ वर्षपछिको प्रतिक्षा ★   रोपाइँ महोत्सव पहिलो पटक काठमाडौंबाहिर चितवनमा ★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री

सरकारले ऋण दिन्छ युवाहरुले गाउ छोड्नु पर्दैन : मन्त्री लम्साल



पर्वत । पर्वतको विहादी गाउँपालिका–१ बाच्छामा आयोजित बाच्छा महोत्सव सम्पन्न भएको छ । कला, संस्कृति र खेलकूदको विकासमार्फत गाउँको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले स्थानीय जनसेवा युवा क्लबले आयोजना गरेको चारदिने महोत्सव शनिबार सम्पन्न भएको हो ।

महोत्सवको समापन अवसरमा गण्डकी प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले इलमी र परिश्रमी व्यक्ति अब गाउँ छाडेर पलायन हुनुनपर्ने बताउनुभयो । उहाँले तीनै तहका सरकार बनेपछि स्वरोजगारमूलक कार्यक्रम सञ्चालनमा आएको बताउँदै मन्त्री लम्सालले अब गाउँ–गाउँमा स्वरोजगारका बाटाहरु खुलेको बताउनुभयो । उहाँले अब राजनीतिक प्रतिस्पर्धा सकिएको बताउँदै आर्थिक समृद्धिमा लाग्न आग्रह गर्नुभयो ।

मन्त्री लम्सालले उद्यम व्यवसाय गर्ने जोसुकै युवालाई राज्यले सहयोग गर्ने बताउनुभयो । उहाँले गाउँ–गाउँमा उद्यम सिर्जना गर्न लागिपरेको बताउनुभयो । उहाँले पर्यटन, कृषि, उद्यम तथा ऊर्जाको क्षेत्रमा अनुदान वितरण गरिरहेको बताउँदै गाउँमै उद्यम सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले घरवास (होमस्टे)लाई प्रभावकारी बनाउन पनि आग्रह गर्नुभयो । गण्डकी प्रदेशले २७४ घरवास बनाएको बताउँदै घरवास प्रभावकारी भएमा पर्यटकको कमी नहुने र जुनसुकै व्यवासाय गर्नका लागि पनि गण्डकी प्रदेश सरकारले बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको बताउनुभयो ।

कार्यक्रममा विहादी गाउँपालिकाका अध्यक्ष कमल भुसालले विकासबाट विमुख बनेको विहादी बिस्तारै उज्यालोको दिशामा जान थालेको बताउनुभयो । विविध समस्याले गाउँपालिकाले नागरिकका अपेक्षाअनुसार काम गर्न नसकेको बताउँदै विकास निर्माणमा सबैको सक्रियता र सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले बाच्छामा सञ्चालित घरवासलगायत विकास निर्माणका योजनालाई समयमै सम्पन्न गर्नका लागि पहल गर्ने बताउनुभयो ।

महोत्सवमा भलिबल प्रतियोगिता, स्थानीय गुरुङ समुदायका परम्परागत सांस्कृतिक कार्यक्रम लोकगीत प्रतियोगिता, नृत्य प्रतियोगिता सञ्चालन गरिएको थियो ।