१९ भाद्र २०८३, शुक्रबार
,
Latest
संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ विराट ग्रुपद्वारा बाढीपीडितका लागि रु ७२ लाख सहयोग नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा नानीबाबुहरूलाई प्रधानमन्त्री शाहको सन्देश : यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ पृथ्वी बस कम्पनीद्वारा १० लाख सहयोग भरुवा बन्दुकसहित एक जना पक्राउ बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य श्रीमतीको कलेजोले नयाँ जीवन पाएपछि खुसी हुँदै घर फर्किए यादव परिवार विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

घानामा ‘माइक्रोलाइट’ विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। घानाको पूर्वी बन्दरगाह शहर टेमामा एक माइक्रोलाइट विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

घाना राष्ट्रिय अग्नि निवारण सेवा, टेमा क्षेत्रका प्रवक्ता एबेनेजर येन्जुले उक्त घटनाको पुष्टि गर्नुभएको हो ।

येन्जुका अनुसार बन्दरगाह सहरको ‘कम्युनिटी १’ स्थित ‘टेमा मेट्रोपोलिटन एसेम्बली नर्सरी ३’ विद्यालयको प्राङ्गणमा विमान दुर्घटनाग्रस्त भएको थियो ।

प्रवक्ताले केही प्रत्यक्षदर्शीहरूको सहयोगमा अग्नि निवारण टोलीले करिब पाँच मिनेटभित्रै आगो निभाउन सफल भएको जानकारी दिनुभयो । विमान दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रवक्ताले बताउनुभएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल