८ आश्विन २०८१, मंगलवार
,
Latest
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द आईसीसी विश्वकप लिग–२ मा आज नेपालले ओमानसँग खेल्दै विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै एसियन सिनियर करातेमा रजत पदक जितेकी एरिकाको भव्य स्वागत दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिट न्यायाधीश राउतको इजलासमा सुनको मूल्य हालसम्मकै उच्च पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन उपयोगविहीन लेबनानको हिजबुल्लाह गढमा भएको इजरायली आक्रमणमा ४९२ को मृत्यु विर्तामोडमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

सर्यो नेकपाको केन्द्रीय समितिको बैठक



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय समिति बैठक तीनदिन सरेको छ । २० गतेका लागि तय भएको नेकपा केन्द्रीय कमिटी वैठक २३ गते सरेको हो ।

तत्कालीन नेकपा एमाले र एकीकृत माओवादी केन्द्र मिलेर बनेको नेकपाले सचिवालय सदस्य बामदेव गौतमलाई उपाध्यक्ष बनाउने तयारी गरेको छ। नेकपामा चार सय ४५ सदस्यीय केन्द्रीय कमिटी सदस्य छन्। तर बैठकका एजेन्डा अहिले नै सार्वजनिक गरिएको छैन।

विधान अनुसार केन्द्रीय समितिको बैठक ६ महिनामा एक पटक बस्नुपर्ने भएनी २०७३ जेठ ३ गते पार्टी एकीकरण भएपछि एकपटकभन्दा बढी बैठक बसेको छैन।

०७५ जेठ १० मा निर्वाचन आयोगमा दल दर्ता गर्ने प्रयोजनका लागि सबै केन्द्रीय सदस्यको हस्ताक्षर, नागरिकता र माइन्युट तयार गर्न बैठक बसेको थियो। बैठकमा अध्यक्षद्वयद्वले सम्बोधन गरेका थिए। पार्टी केन्द्रीय कमिटीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व नभएपछि मुखरित भएको आलोचनालाई ओलीले थामथुम पार्ने प्रयास गरेका थिए।