९ भाद्र २०८३, मंगलवार
,
Latest
प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसद बन्नेको नाम,को–को समेटिए ?



अ+ अ-

काठमाडौँ । श्रम संस्कृति पार्टीले समानुपातिक प्रणाली अन्तर्गत आफ्ना उम्मेदवारहरूको आधिकारिक सूची सार्वजनिक गरेको छ। पार्टीको केन्द्रीय कार्य समितिको निर्णय अनुसार आज औपचारिक रूपमा उम्मेदवारहरूको नाम घोषणा गरिएको प्रवक्ता सत्य घले गुरुङले जानकारी दिएका छन्।

समानुपातिकतर्फ छनोट गरिएका उम्मेदवारहरूमा आदिवासी जनजातिबाट पूर्ण प्रसाद लिम्बु, खस आर्यबाट अम्बिका देवी सङ्ग्रौला, दलित समुदायबाट राधिका रम्तेल र मधेसी समुदायबाट रुबी कुमारी ठाकुर रहेका छन्। कुल चार जना उम्मेदवारहरू छन् जसमा एक पुरुष र तीन महिला रहेका छन्।

पार्टीले आफ्नो विधान, योग्यता र क्षमताको आधारमा उम्मेदवारहरूको छनोट गरेको र सोही अनुसार नाम सम्बन्धित निकायमा पठाइसकेको जानकारी प्रवक्ताले दिएका छन्।