२३ श्रावण २०८३, शनिबार
,
Latest
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा चलचित्र महोत्सव हुँदै



अ+ अ-

काठमाडाैँ । भक्तपुरमा युवा चलचित्रकर्मीहरुले आगामी चैत ६ र ७ गते चलचित्र महोत्सव आयोजना गर्ने भएका छन् ।

पहिलोपटक यहाँका युवा मिलेर चलचित्र प्रवद्र्धन गर्ने हेतुले महोत्सव आयोजना गर्न लागिएको हो । दुईदिने यो महोत्सवमा २४ फिल्म देखाइनेछन् । किरण किलम्बु, सफल वैद्य, स्मित गिरी, विकेश प्रजापति, सक्षम केसी, प्रवीण टक्कीलगायतको समूहले महोत्सव आयोजना गर्न लागेको जानकारी गराए ।

निर्देशक किरण किलम्बुका अनुसार भक्तपुरको कला र संस्कृति र साहित्यको विकासका लागि महोत्सव आवश्यक रहेको बताए । महोत्सवका संयोजक स्मित गिरीले स्वतन्त्र रुपमा चलचित्र निर्माण गर्दै आएका युवाहरुको प्रोत्साहन गर्न आवश्यक रहेको सुनाए ।

महोत्सवको मुख्य चलचित्र नवीन सुब्बा निर्देशित ‘गाउँ आएको बाटो’ प्रदर्शन हुनेछ भने सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’देखि अङ्कित पौडेलको ‘सङ अफ क्लाउड्स’, किरण श्रेष्ठको ‘एट एनोदर विन्टर’, राजन कठेत र सुनीर पाण्डे निर्देशित डकुमेन्ट्री ‘ढोरपाटन’लगायतका नेपाली चलचित्र प्रदर्शन गरिनेछन् । यसैगरी, सन्देश भुर्तेलको डकुमेन्ट्री ‘मदर रेबिका’ देखाएर महोत्सवको समापन गरिनेछ ।