२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सम्झौता सकिएपछि बस बिसौनीका विज्ञापन बोर्ड हटाउँदै काठमाडौँ महानगर



अ+ अ-

काठमाडौं । सम्झौताअनुसारको समय सकिँदा पनि सम्बन्धित कम्पनी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले बस बिसौनीमा राखिएका विज्ञापन सामग्री हटाउन थालेको छ।

सार्वजनिक–निजी साझेदारी अवधारणाअन्तर्गत त्रिलोक संरचना प्रालिले काठमाडौँका ३९ वटा बस बिसौनीमा विज्ञापन सामग्री राखेको थियो। सम्झौता अवधि सकिएपछि महानगरले तीमध्ये २५ वटा बस बिसौनीमा सोलारसहित राखिएका विज्ञापन बोर्ड हटाउन सुरु गरेको हो।

महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीका अनुसार महानगरले विसं २०६९ भदौ १४ मा उक्त कम्पनीसँग पहिलोपटक सम्झौता गरेको थियो। त्यसपछि विसं २०७१ चैत २६ मा पहिलोपटक र विसं २०७८ साउन २५ मा दोस्रोपटक सम्झौता नवीकरण गरिएको थियो।

जोशीका अनुसार सम्झौताबमोजिम काम नभएपछि तथा विज्ञापन बोर्ड हटाउने व्यवस्था मिलाउन महानगरको राजस्व विभागबाट पत्र प्राप्त भएपछि हटाउने प्रक्रिया अघि बढाइएको हो। उनले विज्ञापन सामग्री हटाउने कामलाई निरन्तरता दिइने पनि बताए ।

वरिष्ठ राजस्व अधिकृत प्रदीप कोइरालाका अनुसार पछिल्लो सम्झौताअनुसार महानगरले बढाएको विज्ञापन करको दरअनुसार वार्षिक तिर्नुपर्ने रकम कम्पनीले बुझाएको छैन। विसं २०८२ वैशाख ११ गते वृद्धि भएको कर रकम बुझाउन पत्राचार गरिए पनि हालसम्म कम्पनीले कर तिरेको छैन।

महानगरका अनुसार हालसम्म कम्पनीले बुझाउन बाँकी रहेको कुल रकम १६ लाख १३ हजार २२४ रुपैयाँ पुगेको छ। यसमध्ये १५ लाख ८३ हजार ९३९ रुपैयाँ विज्ञापन कर र २९ हजार २८५ रुपैयाँ रोयल्टी बाँकी रहेको जनाइएको छ।

महानगरले आर्थिक वर्ष २०७८/७९ मा विज्ञापनको दर प्रतिस्क्वायर फिट ७०० रुपैयाँ तोकेको थियो भने आर्थिक वर्ष २०८०/८१ मा उक्त दर बढाएर प्रतिस्क्वायर फिट १ हजार रुपैयाँ पुर्‍याइएको छ।




भर्खरै