२० भाद्र २०८३, शनिबार
,
Latest
निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम ! युद्धले आयातमा अवरोधआए पछि इराकमा इन्धन अभाव बङ्गलादेशमा ऊर्जा सङ्कटविरुद्ध विपक्षीको विरोध र्‍याली लाइबेरियामा खोप अनुसन्धानका चिम्पान्जीको स्वास्थ्य जाँच शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति
तपाईं के खोज्दै हुनुहुन्छ ?

औषधि उद्योगलाई आत्मनिर्भरका साथै निर्यातमुखी बनाइने- सुधा गौतम



फाइल फोटो
अ+ अ-

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतमले नेपालका औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउनुपर्ने बताउनुभएको छ ।

नेपाल औषधि उत्पादक सङ्घले आजदेखि सुरु गरेको १० औं नेपाल फर्मा एक्स्पोको आज यहाँ आयोजित कार्यक्रममा मन्त्री डा गौतमले सरकार, निजी क्षेत्र र सरोकारवालाबीच समन्वय गरेर काम गर्न सके नेपालको औषधि उद्योगलाई आत्मनिर्भर मात्र नभई निर्यातमुखी बनाउन सकिने बताउनुभयो । नेपालको औषधि उद्योगले पछिल्ला वर्षमा उल्लेखनीय प्रगति गरे पनि अझै धेरै काम गर्न बाँकी रहेको उहााले बताउनुभयो ।

मन्त्री डा गौतमले कच्चापदार्थको मूल्य बढे पनि नेपाली औषधि कम्पनीले पहिलाकै मूल्यमा औषधि बेच्नुपर्ने बाध्यता रहेको बताउनुभयो । उहाँले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले पनि नेपालको औषधि नियमन प्रणालीलाई हालको अवस्थाबाट अझ उच्चस्तरमा पु¥याउन सुझाव दिएको उल्लेख गर्दै त्यसअनुसार सुधारका काम अघि बढाइएको जानकारी दिनुभयो । नेपालको औषधि उत्पदान बढाउनुपर्ने आवश्यकता रहेको उहाँले आँैल्याउनुभयो ।

नेपालमा हाल बजारमा २४ हजार प्रकारका औषधि उपलब्ध छन् तर परीक्षण गर्ने क्षमता भने वार्षिक करिब ६४० प्रकारमा मात्र सीमित छ । कच्चापदार्थ गुणस्तरीय ल्याउन सके मात्र औषधिको गुणस्तर बढ्ने मन्त्री डा गौतमले बताउनुभयो ।

स्वास्थ्य सचिव डा विकास देवकोटाले स्वदेशी औषधि उत्पादन बढाउने, औषधिको उपलब्धता सुनिश्चित गर्ने र औषधिमा आत्मनिर्भरता हासिल गर्ने लक्ष्य सरकारको नीति रहेको बताउनुभयो ।

उहाँले स्वदेशी औषधि उद्योगले नेपाली जनताको स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान पु¥याइरहेको उहाँले उल्लेख गर्नुभयो । स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने सेवामध्ये सबैभन्दा बढीले औषधिसँग सम्बन्धित सेवा लिने गरेको सचिव डा देवकोटाले बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले औषधि क्षेत्रमा स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने स्पष्ट सरकारी नीति आवश्यक रहेको बताउनुभयो । उहाँले देशभित्र उत्पादन हुन सक्ने औषधिलाई प्राथमिकता दिने नीति सरकारले प्रभावकारी रूपमा लागू गर्नुपर्ने बताउनुभयो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्कीले स्वास्थ्य बिमा कार्यक्रम र अस्पतालमा आधारित फार्मेसीमा स्वदेशी औषधिलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले स्वदेशी औषधि उद्योगलाई प्रोत्साहन गर्नु स्वास्थ्य प्रणाली सुदृढ बनाउन आवश्यक रहेको बताउनुभयो ।

औषधि उत्पादन सङ्घका अध्यक्ष विप्लव अधिकारीका अनुसार एक्स्पोमा २०० भन्दा बढी कक्ष रहने छन् । यसमा औषधि उत्पादनमा प्रयोग हुने अत्याधुनिक प्रविधि, ल्याब टेक्नोलोजी, कच्चापदार्थ, प्याकिङ उत्पादक र मेसिनरीको प्रदर्शन प्रमुख रूपमा रहने जानकारी दिनुभयो । यसअघि चितवनमा हुँदै आएको एक्स्पो यसपटक काठमाडौँस्थित भृकुटीमण्डपमा हुन थालेको हो ।

उहाँका अनुसार एक्स्पोमा ९० प्रतिशतभन्दा बढी सहभागिता विदेशी तथा बहुराष्ट्रिय कम्पनीको सहभागिता रहेको छ । एक्स्पो आगामी शनिबारसम्म सञ्चालन हुनेछ । रासस