२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

अमेरिका, क्रोएसिया पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ

अमेरिका, क्रोएसिया पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ
अ अ+ अ-

काठमाडौं : नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीका नाममा ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ।

उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभन देखाई क्रोएसया र अमेरिका पठाइदिने भन्दै लामो समयसम्म झुक्याई रकम असुल्ने कार्यमा संलग्न व्यक्तिहरू पक्राउ परेका हुन्।

पक्राउ पर्नेहरूमा चितवन भरतपुर महानगरपालिका–१५ घर भई हाल काठमाडौं महानगरपालिका–१५ बस्ने ४९ वर्षीया कमला देवी सुनुवार रहेका छन्। उनले क्रोएसिया पठाइदिने भन्दै २ जनाबाट करिब ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ।

यस्तै सिन्धुली कमलामाई नगरपालिका–७ घर भई हाल काठमाडौं बुढानीलकण्ठ नगरपालिका–४ बस्ने सविना खड्का पनि पक्राउ परेकी छन्। उनले अमेरिका पठाइदिने प्रलोभन देखाई १ जनाबाट १ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी काठमाडौं दक्षिणकाली नगरपालिका–४ घर भई हाल टोखा नगरपालिका–११ बस्ने अमर गुरुङ पनि पक्राउ परेका छन्। उनले क्रोएसिया पठाइदिने भन्दै १ जनाबाट ५० हजार रुपैयाँ असुलेको आरोप रहेको छ।

प्रहरीका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ। साथै वैदेशिक रोजगारीका नाममा हुने ठगीबाट सावधान रहन र आधिकारिक प्रक्रिया मार्फत मात्र विदेश जान प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।