२३ श्रावण २०८३, शनिबार
,
Latest
माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार पोखरा सार्वजनिक पुस्तकालय ‘पोखरा घर’मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कञ्चनपुरमा मृतकको पहिचान खुल्यो



अ+ अ-

काठमाडाैँ । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।

पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा आज दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“मृतकका आफन्तबाट पहिचान खुलेको छ ।” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भने,“घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।”महेन्द्रनगरबाट अत्तरीयातर्फ गइरहेको से १ ज १४०५ बलेरो जीप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीले जीप र चालक नियन्त्रणमा लिएको जनाएको छ ।