२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक २३ अङ्कले वृद्धि



symbolic picture
अ+ अ-

काठमाडौँ । यो साताको कारोबारको अन्तिम दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक २३ दशमलव ८७ अङ्कले वृद्धि भइ दुई हजार ८२० दशमलव ४४ को बिन्दुमा कायम भएको हो ।

आज ३३५ कम्पनीको चार करोड १६ लाख ८६ हजार ४०५ कित्ता सेयर एक लाख ३० हजार १५ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब ५५ करोड १९ लाख ४६ हजार २३० बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज होटल तथा पर्यटन शून्य दशमलव ३५, निर्जीवन बीमा शून्य दशमलव ०४ र अन्य समूह शून्य दशमलव ७४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै बैङ्किङ समूह दुई दशमलव ०२ प्रतिशतले बढेको छ । विकास बैंक एक दशमलव २८, वित्त एक दशमलव ३०, जलविद्युत एक दशमलव १० र लगानी एक दशमलव १४ प्रतिशतले बढेको छ ।

त्यसैगरी जीवन बीमा शून्य दशमलव ३६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७३, लघुवित्त शून्य दशमलव २७ र म्युचुअल फण्ड शून्य दशमलव ४८ प्रतिशतले बढेको छ ।

सालपा विकास बैंक लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबै भन्दा धेरै गुमाउनेमा भने कुमारी सबल योजनाको सेयर मूल्य तीन दशमलव ७२ प्रतिशतले घटेको छ ।